सिओल
गैह्र आवासीय नेपाली संघ ( एनआरएनए ) को आसन्न केन्दीय अधिबेशनमा दक्षिण कोरियालाइ कर्म थलो बनाउदै आएका डा. देवी बस्नेतले सचिव पदमा उमेद्वारी दिने भएका छन् l
कोरियामा लामो समय देखि एनआरएनको बिभिन्न भूमिकामा रहदै आएका डा.बस्नेत यसअघि केन्द्रीय सदस्यमा ३ कार्यकाल रहेर काम गरेका थिए lदक्षिण कोरियामा पनि बस्नेतले निर्वाचन मण्डलीको सदस्य हुदै सन् २०१९मा संयोजकको भूमिकामा रहेर काम गरेका थिए l
कोरियाको सनमुन विश्व विधालय बाट जैविक रसायनमा पि एच डि, गरेका बस्नेत एनआरएन कोरियाका संस्थापक उपसभापति पनि हुन् lएन आर एन ए दक्षिण कोरियाको संस्थापक उपसभापति हुँदै महासचिव तथा तीन कार्यकाल संरक्षकको भूमिका निर्वाह गरेका उनले बिभिन्न रचनात्मक कामको सुरुवात गरेका थिए। त्यस मध्ये, बुध्द नेपाल अभियान, कोरियामा पहिलो पटक ईलेक्ट्रोनिक भोटिंको सुरुवात आदि पर्दछन l
डा. बस्नेतले आफ्नो व्यक्तिगत सक्रियतामा कोरियामा रहेका नेपाली कामदारका लागि काउन्सिलिङ सञ्चालनमा ल्याएका थिए। उनले यसका लागी नेपाली दुतावासको सहकार्यमा सन् २०१३ देखि कोरियाको विभिन्न ठाउँमा घुम्ति सेवा नै सञ्चालन गरेका थिए l
संखुवासभाको आँखीभूइँ–२ (हाल धर्मदेवी नगरपालिका) मा जन्मिएका बस्नेतले स्कूलको अध्धयन मोरङ सिजुवास्थित सौठा माध्यमिक विधालयबाट पुरा गरेका थिए। विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट बीएस्सी उत्तीर्ण गरेका बस्नेतले त्रिभुवन विश्वविधालय किर्तिपुरबाट जैविक विज्ञानमा स्नाकोत्तर पुरा गरेका थिए।
डा. बस्नेत एनआरएनए एसिया प्यासिफिकको पहिलो विज्ञ सम्मेलनको संयोजक पनि थिए। कोभिड–१९ को संकटमा कोरियाबाट अतिआवश्यक सामाग्री नेपाल पठाउन उनको महत्वपूर्ण योगदान रहेको छ lउनले आफु उक्त पदमा आउन चाहनुका मुख्य उदेश्यहरु यसरि स्पस्ट पारेका छन् l
एनआरएनएको सचिबमा मेरो उमेद्वारी किन?
यी विभिन्न विषयहरुमा एनआरएनए नेतृत्वमार्फत काम गर्न र गराउनः
– एनआरएनएको सांगठानिक सुदृणिकरः विश्व ब्यापी फैलिदै गरेको एनआरएनएलाई अझ सांगठानिक तथा
सुद्रिढ बनाउने। ब्यक्ति लक्षित हैन समुहलक्षित एनआरएनए
– बौदिक सम्पन्न एनआरएनएः नेपाल बाहिर फैलिएको ठुलो बौदिक बर्ग एनआरएनएसँग संलग्न हुन सकेको
छैन तथापी आफु-आफुमा धेरै सांगठानिक भएर बसेका छन्। विचमा पुलको काम गरि यी दुबै टापुलाई
संयुक्त फोर्स बनाउने।
– सहभागीमुलक एनआरएनए सबैको सहभागीता सहितको सम्मानित एनआरएनए बनाउने
– लगानीमैत्री एनआरएनएः ठुला तथा साना सबैप्रकारका लगानिहरुलाई स्तर अनुसारका प्रयोजना मार्फत
नेपालमा लगानि गराउने। छोटो समय विदेशमा गएका नेपालीहरुले (विषेश गरि दक्षिण एशिया तथा
मिडलिष्टमा रहने नेपालीहरु) आर्जन गरेको अर्थ तथा सिपलाई पहिचान गरि एनआरएनए मार्फत नेपाल
सरकारसँग सहकार्य गर्दै उधोग धन्दा खोल्न तथा संचालन गर्ने।
– नेपाल सहयोगी एनआरएनएः संसार भरि फैलिएर रहेका बौदिक तथा अनुभवि एनआरएनएलाई सहभागि
गराउदै नेपाल र नेपालीहरुको बिकाशको लागी काम गर्ने। नेपालमा आईपर्ने विभिन्न आपतकालीन
अवस्थामा सांगठनिक तरिकाबाट सहयोग गर्ने परिपाटिको बिकाश गर्नेकाम मा प्राथमिकता दिने।
एनआरएनए फाउन्डेशन एक उदाहरण हो।
– स्मार्ट एनआरएनएः विभिन्न संस्कार तथा परिवेशमा रहेको विश्वमा छरिएको नेपाली समुदायलाई स्मार्ट
प्रविधिबाट जोड्ने र कामहरुलाई स्फुर्त बनाउने
– एक पटकको नेपाली सधैको नेपालीः विविधकारणले नेपाल छोडेर नेपाल बाहिर बसी विदेशी नागरिक्ता
लिएर बस्नु हुने नेपाली मुलका विदेशी नागरिकहरुले नेपाली सो सरह अधिकार को लागी पहल गर्ने।