इपिएस काेरिया शाखाका निर्देशक गाैतमकाे सरुवा, अब कसरी बढ्ला काेरिया पठाउने काम ?

कोरिया समाचार

सिओल

इपिएस काेरिया शाखा ग्वार्काेका निर्देशक इन्द्र गाैतमकाे सरुवा भएको छ । समयमै नेपाली श्रमिकहरु दक्षिण काेरिया पठाउन प्रभावकारी भुमिका नखेलेकाे भन्दै आलोचना खेपिरहेका गाैतमकाे सरुवा भएको स्रोतले बताएको छ ।

यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकि छ ।स्रोतका अनुसार गाैतमकाे श्रम मन्त्रालयमा सरुवा भएको छ भने गाैतमकाे ठाउँमा नयाँ मान्छे पठाइएको छ ।

इपिएस काेरिया शाखा ग्वार्काे ललितपुरले भाषा परीक्षा पास गरेका नेपाली श्रमिकलाई दक्षिण काेरिया पठाउन नेपाल सरकारकाे तर्फबाट महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ ।तर गाैतमले दक्षिण काेरिया सँग प्रभावकारी समन्वय नगरेको आराेप थियोे ।सरकारले गाैतमकाे ठाउँमा निर्देशककाे जिम्मेवारीमा श्रम मन्त्रालयका उपसचिव सुरेश रावतलाई पठाएको छ।

गाैतमकाे बिषयमा सर्वत्र आलोचना हुने गरेपनि पछिल्लो समय उनलेे तिव्र गतिमा नेपाली श्रमिक दक्षिण काेरिया पठाउने विषयमा काम गरिरहेकाे जानकारहरु बताउँछन ।

काेराेना भाइरसका कारणले थलिएकाे दक्षिण काेरिया नेपाली श्रमिक पठाउने विषय पछिल्लो समय भने काेरियाले केही सर्तहरू अगाडि बढाउने भएपछि तिव्र गतिमा सर्तहरू पूरा गर्न नेपाल अगाडि बढेको छ ।

गाैतम सरुवा भएपनि कामहरु साविकै तयारीका आधारमा अगाडि बढ्ने छन् ।जहाजको टेण्डर समेत आह्वान भइसकेको हुदा गाैतमकाे सरुवाले कामहरु प्रभावित नहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *