कोरियाबाट इपिएस श्रमिकले कमाएको ५० प्रतिशत रकम रेमिट्यान्स गरेको प्रमाण पेश गर्नुपर्ने

कोरिया समाचार

सिओल

केही समय अघि ९१ लाख नेपाली रूपैया सहित ३ जना हुण्डी कारोबारी समातिए । यति ठूलो रकम सहित हुण्डी कारोबारी पक्राउ परेको पछिल्लो समयको यो सबैभन्दा ठूलो घटना हो ।

उर्जामन्त्री हुँदा लोडसेडिङ् अन्त्य गर्ने टिमको नेतृत्व गरेका वर्तमान अर्थमन्त्री जनार्दन शर्माले हुण्डीप्रति निकै अक्रामक हुने छाँटकाँट देखाएका छन्। हुण्डीबाट धेरै नेपाली ठगिए पछि वर्तमान अर्थमन्त्री शर्मा हुण्डी बिरुद्द आक्रामक बन्न लागेका हुन्।

नेपाल राष्ट्र बैंकको श्वेतपत्रमा नै वैधानीक रूपमा रेमिट्यान्स पठाउँदा १ प्रतिशत अतिरिक्त व्याजदर दिने नीतिले पनि सरकार वैधानिक रेमिट्यान्स भित्र्याउने काममा कति सजग छ भन्ने कुराको संकेत देखाउँछ ।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत राम सिंह थापाले पनि सरकारी नीति वैधानिक रेमिट्यान्स भित्र्याउने नै रहेको र यसका लागि सरकारलाई बेला बेलामा आवश्यक सल्लाह, सुझावहरू दिदै आएको बताउनुभयो ।

कोरियाबाट बिगतमा भन्दा हुण्डी कारोबारहरू धेरै मात्रामा घटेको बताउँदै कार्यवाहक राजदूत कार्कीले हाल कोरियामा खुलेको रेमिट्यान्स कम्पनीहरू मार्फत कारोबार हुदै गर्दा वैधानिक रेमिट्यान्सलाई टेवा पुगेको तर अझै पनि हुण्डी कारोबारलाइ निरूत्साहित दुतावास लागिपरेको बताउनु भएको छ।

कोरियामा सरकारी कोटामा काम गर्न आएका नेपाली कामदारहरूका लागि वैधानिक रेमिट्यान्स प्रयोगका लागि आवश्यक कदम छिट्टै नै चालिने अर्थ मन्त्रालय श्रोतले नंया दैनिकीलाई बताएको छ ।

स्रोतका अनुसार इपिएस कोटाबाट गएका नेपाली कामदारहरूले कमाएको ५० प्रतिशत रकम वैधानिक माध्यमबाट पठाएको प्रमाण पेश नगरेको खण्डमा बोनस भिषा थपमा समस्या पर्ने , रि (इन्ट्रिका लागि योग्य नहुने र सरकारले दिने अन्य बैंकिंग लगायत अन्य सबिधाबाट बन्चित गराउने बताएको छ।

१(२ हजारको लोभमा परि हुण्डी गर्ने गरेका नेपालीहरु ठगिने गरेको समाचारहरु पनि पछिलो समय धेरै नै प्रकाशित हुने गरेका छन्।( नयाँ दैनिकि )

Leave a Reply

Your email address will not be published. Required fields are marked *