सिओल
नेपाली श्रमिक काेरिया पठाउने नेपाल सरकारकाे आधिकारिक निकाय इपिएस काेरिया शाखाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोनाको कारण बिगत १९ महिना देखि रोकिएको कोरियाली रोजगारीको प्रक्रिया सुचारु गर्न कोरियाका बिभिन्न निकाय र प्रतिनिधिहरु सँग तिव्र गतिमा छलफल भईरहेको जनाएको छ ।
अबरुद्ध काेरिया श्रमिक लैजाने प्रक्रिया खुलाउन पटकपटक प्रयास भइरहेकाे र सोमबार बैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्ले, ईपिएस नेपाल सेन्टरका प्रतिनिधि किम अन डक बिच प्रक्रिया सहजिकरणका लागि राखेका बिषयहरु माथि छलफल भएको जानकारी दिएको छ ।
सो अवसरमा दुबै पक्षले योजनाबद्ध रुपमा प्रक्रिया सहजिकरण गरी नेपाल बाट दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा आवस्यक गृहकार्य गरी प्रक्रिया सुचारु गर्ने विषयमा केन्द्रीत भई छलफल भएको साथै आगामी दिनमा द्विपक्षीय छलफल जारी राख्ने समेत बताएको छ ।