सिओल
कोरोनाका कारण दक्षिण कोरियाले विदेशी कामदारहरुको आगमनमा कडाइ गरेका कारण यहाँका धेरैजसो क्षेत्रमा कामदार अभाव हुन थालेको छ।
विशेष गरी विदेशी कामदारमा निर्भर रहेको कोरियाको माछा पालन क्षेत्रले ठूलो समस्या व्यहोरीरहेको छ। बर्षौैदेखि कोरियाको माछा पालन तथा कृषि क्षेत्रमा विदेशी कामदारहरुले काम गरिरहेका थिए।
कोरियामा माछापालनमा खासगरी इण्डोनेशियाका कामदारहरुले काम गर्ने गर्दछन। कोरियाको नेशनल फेडेरेशन अफ फिसरीज कोअपरेटीभ्सका अनुसार चालु बर्षको पहिलो ६ महिनामा माछापालन क्षेत्रमा मात्र ६९ जना कामदारले कोरिया प्रवेशको अनुमति पाएका छन।
यि कामदारहरु अदक्ष कामदारका रुपमा इपिएस मार्फत इ-९ भिजामा कोरिया आएका हुन। यो संख्या भनेको यस क्षेत्रमा अनुमानित आवश्यक संख्या ३ हजारको मात्र २.३ प्रतिशत हो।
अहिले दक्षिण कोरियामा माछा समात्न प्रयोग हुने २० टनभन्दा कम लोड क्षमताका डुङ्गाहरुमा विदेशी कामदारहरुलाई इ-९ भिजामा अदक्ष कामदारका रुपमा काम गर्ने अनुमति दिइएको छ। २० टन लोड क्षमताभन्दा बढिका माछा मार्ने डुङ्गामा भने इ-१० भिजाका विदेशीले मात्र काम गर्न पाउँदछन। इ-९ भन्दा इ-१० भिजामा विदेशी काम दर लैजान कोरिया सजिलो भएता पनि अहिलेको स्थितिले यो भिजमा पनि कामदार लान कठिनाई भइरहेको छ।
“कोरियामा माछा समाउने डुङ्गाका लागि अहिले करिब १५ हजार विदेशी कामदार आवश्यक पर्दछ। तर अहिले यहाँ काम गरिरहेको विदेशी कामदारहरुको संख्या यसको आधा पनि छैन। कम्पनीका मालिकहरुले कामदारहरुको अभावमा काम नै रोक्नुपर्ने स्थिति आइसकेको छ।
” कोरियाको नेशनल फेडेरेशन अफ फिसरीज कोअपरेटीभ्सका एक अधिकारीले बताए। कामदार अभावका कारण यहाँ भइरहेका कामदार तथा कोरियन कामदारहरुलाई पनि महङ्गो पैसा तिरेर काम लगानउनुपर्ने बाध्यता परेका उनिहरुको भनाइ रहेको छ।