कोरियन एयर अवदेखी कोरियाबाट हरेक बुधबार काठमान्डौँका लागी उडने !

कोरिया समाचार

सिओल

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ ।

नयाँ तालिका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने भएको छ । यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले हरेक दिन दुई उडान गर्ने गरी अनुमति पाएको छ ।

एयर अरेवियाकै जहाज आबुधाबीबाट समेत हरेक दिन काठमाडौं आउन पाउने गरी अनुमति पाएको छ । फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडानसहित काठमाडौं आउने छ ।

हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ उडान (सोमबारबाहेक) गर्नेछ । दुबई विमानस्थलमा हिमालयको जहाजले शुक्रबारबाहेक साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालयको जहाजले सातामा कुल ७ उडान गर्ने गरी अनुमति पाएको छ ।

जजिरा एयरवेज कुवेतबाट हरेक दिन एक उडान लिएर काठमाडौं आउने छ । दक्षिण कोरियन एयरको जहाज दक्षिण कोरियाबाट हरेक बुधबार काठमाडौं आउने गरी अनुमति पाएको छ ।मलेसिया एयरलाइन्सको जहाज हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं आउने भएको छ ।

नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ । दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामार चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्नेछ । कुन देश कति फलाइट तालिका तल हेर्नुस् ।

हाम्रा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *