दक्षिण कोरियामा शक्तिशाली टाईफुन आँउदै,उच्च शतर्कता अपनाउन अनुरोध !

कोरिया गतिबिधी

सिओल

दक्षिण कोरियामा यो हप्ता चाण्ठू नामक टा’इफुन आउने भएको छ। यो टाइफुन कोरियामा यस बर्ष आएको १४ औं आँ’धी हो। यस आँ’धीका कारण कोरियाको छेजुदो टापु तथा दक्षिण सामुन्द्रीक क्षेत्रहरुमा अत्या’धिक बर्षा हुने अनुमान गरिएको छ।

दक्षिण कोरियाको सरकारबाट सन्चालित मौषम अनुमान महाशाखाले बताएअनुसार यस आँ’धीले कोरियाभर ठू’लो बर्षा गराउनेछ।आज विहान ९ बजे यो आँ’धी चाइनिज ताइपेइभन्दा १ सय ७० किलोमिटर दक्षिण पूर्वमा रहेको बताइएको छ।

यो अहिले उत्तर दक्षिण दिशामा प्रतिघण्टा २१ किलोमिटरको गतिमा अघि बढिरहेको पाइएको छ। कोरिया मेटेरोलोजिकल एडमिनिष्ट्रेशनका अनुसार यो आँ’धीबाट उत्पन्न हावाको वेग प्रतिसेकेण्ड ५० मिटर रहेको छ।

दक्षिण कोरियाको मौषम अनुमान महाशाखा यो आँधी कोरियाको जेजु टापुको दक्षिणि तटिय क्षेत्र तथा कोरियाभरको दक्षिणी सामुन्द्रिक तटमा यो हप्ताको बुधवार र विहिवार आइपुग्ने अ’नुमान गरिएको छ। केहि समय यो आँ’धी चीनको साँघाई वरपर हुँदै कोरियातर्फ अघि बढ्नेछ।

टा’इफुनले ल्याउने पानीको वाफका कारण कोरियाभर भा’री बर्षा हुने बताइएको छ। छेजुदो टापुमा यो आँ’धीको अ’सर बुधवार देखिनेछ। बुधवार यस क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढि पानी पर्ने अनुमान गरिएको छ। चीनवाट कोरियातर्फ आउने क्रममा अहिले अनुमान गरिएभन्दा आँ’धीले बाटो परिवर्तन समेत गर्न सक्नेछ।

त्यसैले मौषम अनुमान शाखाले मंगलबार मात्र यस सम्बन्धी आधिकारीक तथा त’थ्यसहितको पूर्वानुमान गर्ने बताइएको छ।ईपिएस साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *