काेरियामा एक नेपालीकाे ब्रेन ट्युमरकाे अप्रेसन गर्दा आँखाकाे दृष्टि गुम्याे ,सहयोगको अपिल !

कोरिया समाचार

सिओल

दक्षिण काेरियाकाे एक कम्पनीमा कार्यरत नेपाली विगत पाँच महिना देखि स्वास्थ्य समस्याका कारण थलिएका छन् ।

काेरियाकाे ख्याङगिदाे प्रान्त Hewsang si फारान नजिकै आजु स्टिल कम्पनीमा कार्यरत रुकुमको आठबिसकाेट नगरपालिका ५ गाेतमकाेट निवासी २८वर्षका अमृत बस्नेत कम्पनी र अस्पतालकाे लापरबाहीका कारणले समस्यामा परेका हुन ।

सामान्य टाउको दुखेपछि सुवनकाे अस्पतालमा पुगेका अमृतलाई चिकित्सकहरुले ब्रेन ट्युमर भएको भन्दै अप्रेसन गरेका थिए ।अप्रेसन पश्चात् अमृतका दुवै आँखा बन्द भएका छन् ।अप्रेसन गर्नु पूर्व दुवै आँखा राम्रो सँग देख्ने अमृतले हाल दृष्टि गुमाएका छन् ।आर्थिक अवस्था अत्यन्तै कमजोर भएका अमृतलाई यतिबेला सबैकाे सहयोगकाे खाँचो रहेको छ ।

सुवनकाे थ्याह्क्याे फ्याङजुन अस्पतालमा उपचार गर्दै आएका अमृतलाई कम्पनीले अहिले फलाेअप लागि अस्पताल समेत लिन छाडेको छ ।स्रोतका अनुसार कम्पनीले हाल सम्म नेपाली २० लाख उपचारमा खर्च भएको भन्दै वास्ता गर्न छाडेको अमृतका साथीहरूले बताएका छन् ।

मैले अप्रेसन पूर्व राम्रोसँग आँखा देख्थ्थे तर अहिले विस्तारै आँखा देख्न छाडे पिडित अमृतले हाम्रा खबर सँग कुरा गर्दै भने । अमृतकाे उपचार तथा उद्वारकाे लागि दक्षिण काेरिया स्थित नेपाली दुताबास ,अमृतकाे सम्बन्धि साविकको अञ्चलकाे प्रतिनिधित्व गर्ने राप्ती समाज दक्षिण काेरिया आदि निकाय तथा संघ संस्थाले तत्काल चासो दिनुपर्ने आवश्यक छ ।

भाषा परिक्षा पास गरेर ठिक तीन वर्ष अगाडि दक्षिण काेरिया पुगेका अमृत स्वास्थ समस्या सँगै हाल बेखर्ची समेत भएका छन् ।पाँच महिना देखि काम समेत नगरेका अमृत अहिले कम्पनीको आवासमा आश्रय लिएका छन् ।आर्थिक अभावका कारणले उनलेे थप उपचार गर्न पाएका छैनन्। काेठामा सँगै बस्ने बागलुङका माेहन छन्त्यालका अनुसार अमृतकाे दुवै आँखाको जाेति गुमाएको हुदा सबैको सहयोगकाे आवश्यक छ ।

उता आजु स्टिल कम्पनीले थप उपचार गर्नुकाे साटाे आउदो अक्टोबर ६ तारिखमा नेपाल पठाउन अमृतलाई फकाइ रहेको बुझिएकाे छ ।उक्त कम्पनी फलामकाे रड(सरिया)लाई साइज अनुसार बाङ्गाे बनाउने ,काटने तथा कडा मेहनत गर्नुपर्ने कम्पनी हाे ।यहि कम्पनीमा काम गर्दागर्दै अमृत बिरामी परेका हुन ।

अमृतलाई सहयोग गर्नकाे माेवाइल नम्बर 01095072050 र अमृत सँगै काम गर्दै आएका माेहन छन्त्यालकाे 01042958508 नम्बर रहेको छ ।कम्पनीमा काम गर्दागर्दै बिरामी परेपछि कम्पनी साहुले सम्पूर्ण उपचार गर्नुपर्ने भएपनि काेरियन साहुहरुले प्रवासी मजदुरलाई अलिकति उपचार गरेजस्तो गरेर अलपत्र पार्दै आएका घटनाहरु काेरियामा प्रशस्तै पाइन्छन ।हाम्रा खबरका लागी बासुदेब भट्टको रिपोर्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *