कोरियाबाट फर्केका ५ जना यूवा मिलेर ४ करोड लगानीमा गार्मेन्ट उधोग सन्चालनमा ल्याउदै !

आर्थिक

सिओल

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा कोरियाबाट फर्किएका ५ जना युवा मिलेर झण्डै साढे चार करोड लगानीमा उल्का गार्मेन्टस् उद्योग सञ्चालनमा ल्याइदै छ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ठूलो लगानीमा युवाहरुले अत्याधुनिक प्रविधिको गार्मेन्टस् उद्योग खोलेर जेन्स वास कपडा बिक्री गर्ने तयारी गरेका हुन्।

उद्योगले सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा तयारी कपडाको आपूर्ति गर्ने लक्ष्य लिएको छ। उद्योग सञ्चालकले जेन्स पाइन्ट, ज्याकेट, ट्रयाक सुट तथा अन्डर गार्मेन्टस् उत्पादन गर्ने बताएका छन्।

सञ्चालनको अन्तिम चरणमा रहेको उद्योगले रोजगार हुन चाहने व्यक्तिका लागि आवेदन माग गरेको छ। गार्मेन्टस् उद्योगले २७ जना कर्मचारीका लागि आवेदन खुलाएको जनाएको छ। उद्योग सञ्चालक सुरेन्द्र भण्डारीले आकर्षक तलबसहित वास मास्टर १ जना, कटिङ्ग मास्टर १ जना तथा कपडा सिउने २५ का लागि पहिलो चरणमा रोजगारी खुलेको जानकारी दिए।

उनले काम गर्न इच्छुक व्यक्तिले ९८४०३२१७८९ तथा ९८६०८९०४२१ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *