भोकमरी लागेको कोरिया, एकाएक कसरी भयो सम्पन्नशाली ?

कोरिया समाचार

सिओल

सन १९६० को दशकमा कोरियामा भोकमरी लागेको थियो।बेरोजगारीको समस्याले विकराल रुप लिएको थियो। इथोपिया,भारत पछिको तेस्रो गरिव राष्ट्रमा परिणत भएको थियो।त्यसको कारण जानौँ।

सन १९०९ देखि सन १९४५ को अवधि (भोकमरीको पहिलो कारण )
सन १९०९ सम्म कोरियामा राजबंश स्थापित थियो।कोरिया धानखेती हुने जमिन भएकोले कोरियाइ जनताहरुले प्रशस्त खेतीपाती गरेर जिविकोपार्जन गरेका थिए।एकआपसमा सहयोग गरेर,भारोपर्म, एँचोपैँचो गरेर खुब खुसिले दिन काटेका थिए।

अचानक समुन्द्रबाट पारी रहेको छिमेकी देश जापानले आँखा लगायो।सन १९१० देखि कोरिया जापानको उपनिवेश बन्न पुग्यो।पराई देशको मानिसहरु आएर आधिपत्य जमाएपछी देशमा संकट आउनु स्वभाविक हो।कोरियामा त्यस्तै भयो।जापानीद्वारा कोरियाको भाषा,संस्कृति,इतिहास,सारा पतन हुन पुग्यो।कोरियाको खेतीयोग्य जमिनलाई आफ्नो अधिनमा लिएर उत्पादित बालिनाली जापानीहरुले आफ्नो देश पुर्याए।कोरिया दिनप्रतिदिन खोक्रो बन्दै गयो।कोरियन जनताहरु गरिबिको रेखामुनि दबिदै गए।

सन १९४५देखि सन १९६०को अवधि (भोकमरीको दोस्रो कारण)

सन १९४५ मा कोरिया जापानबाट स्वतन्त्र भयो।कोरियामा स्वतन्त्रताको नारा लगाएको तीन बर्षपनी नहुँदै उत्तर र दक्षिण कोरिया बनेर बिभाजन हुनु पर्‍यो।बिभाजन भएको दुई बर्षमै दुई देशबिच घमासान युद्ध भयो।युद्ध तीन बर्ष चल्यो। हारजित हुन सकेन।नोक्सान मात्र पुर्‍यायो।जमिन रगतले ढाप बन्यो।यहि युद्धले कोरियामा भोकमरीलाई अझ गहिराइमा पुर्‍यायो।

सन १९६३ मा कोरियाको तेस्रो राष्ट्रपति चयन,
राज्यको कोष मजबुत बनाउन मुख्य योगदान

कोरियाको युद्ध पछि विभिन्न देशहरुबाट खाद्यान्न सहयोगको रुपमा आएको थियो।यो सहयोग पनि सन १९६०देखी बन्द भयो।देशमा आम्दानीको श्रोत नभए पछि समस्याले झन उग्ररूप लिन थाल्यो।सन १९६३ मा फाक चङ ही भन्ने राष्ट्रपति कुर्सीमा बसे।देशमा भएको बेरोजगारीको समस्या कम गर्न युवालाई बिदेश पठाउने निर्णय गरे।युवाहरु कोइलाखानिमा साथै युवतीहरु नर्सको रुपमा पश्चिम् जर्मनी पठाउने कुरा भयो।युवायुवती रोजगारीको लागि जर्मनी पलायन भए।उनिहरुले जर्मनीमा गएर खुब मेहनतले काम गरे।कोरियाका मानिसहरुको इमानदारिता र मेहनत देखेर जर्मनिको राष्ट्रपति खुसी भएर कोरियाको राष्ट्रपतिलाई भर्मणको निम्तो पठाए।

कोरियाको राष्ट्रपति जर्मनी भर्मण,पहिलो भेट आफ्ना कामदार जनतासँग
सन १९६४ मा कोरियाका राष्ट्रपति फाक चङ ही पश्चिम् जर्मनी भर्मण गए।जहाँ कोरियाका कामदार गएका थिए।त्यहाँ उनलाई भव्य स्वागत गरियो।उन्नाइस तोपको सलामी दिइयो।पश्चिम् जर्मनिका तत्कालीन राष्ट्रपति हेनरिच लुप्केले सम्मान गरे।जर्मनी पुगेको भोलिपल्ट तुरुन्त कोरियाका राष्ट्रपति आफ्ना जनताहरुलाई भेला हुन आग्रह गरे।जर्मनिमा कामदारको रुपमा गएका कोरियनहरु सबैलाई समेटेर सम्बोधन गरे।उनिहरुको व्यथाहरु सुने।

परदेशीको आवाज राष्ट्रपतिको कानमा,
आँखामा बलिन्द्र आँसु

जर्मन गएका राष्ट्रपतिलाई कोरियन परदेशी कामदारहरुले एकमुष्ट बिन्ती राखे।त्यो बिन्ती यस्तो थियो।” राष्ट्रपति ज्यु ! हामी पढेलेखेका मानिसहरु अर्काको देशमा गुलामी गर्न आएका छौं।हामिलाई यहाँ तल्लो स्तरको काम लगाइएको छ।थोरै पारिश्रमिक पाएका छौं।हामिले पाएको तलबले नत बालबच्चा पढाउने खर्च उठेको छ।नत राज्यको ढुकुटी नै बलियो भएको छ।गिट्टी फोरेर भए पनि आफ्नै देशमा बस्न चाहन्छौं।आफ्नै परिवारसँग बसि मीठो नमिठो खाएर खुसिले एकबारको जीवन बिताउन चाहन्छौं।हामिलाई कोरिया नै बोलाउनुहोस।आफ्नै देशमा केही गर्ने बाताबरण बनाइदिनुहोस ” यस्तो कुरा सुनेपछी राष्ट्रपति र वहाँ की धर्मपत्नीको आँखामा बलिन्द्र आँसु झरिरहे।रुमालले आँसु पुछ्दै राष्ट्रपतिले बाचा गरे”तपाईंहरुले गरेको दुख खेर जाने छैन।केही बर्षमात्र दुख गरिदिनुहोस।म छिट्टै परदेशको धर्तिबाट मुक्त गराउने छु।”

राष्ट्रपतिको वाचा परदेशी जनतालाई
स्वदेश फर्केर बिकासको सुरुवात

रोजगारीको लागि जर्मनी गएका कोरियन कामदारको कथा व्यथा सुनेर स्वदेश फर्केका राष्ट्रपतिले तुरुन्त देशमा बिकासको सुरुवात गरे।कोरियनहरुले पसिना बगाएर कमाएको रेमिट्यान्सले देशमा बाटोघाटो बनाउन थाले।आवश्यक परेको ठाउँमा पुल,कच्ची पुल भएको ठाउँमा पक्की बनाए।गाउँलाई व्यबस्थित बनाए।कृषि तथा औद्योगिक क्रान्ति ल्याए।अर्थ,ज्ञान्,क्षमताको आधारमा रोजगार दिने व्यवस्था स्थापित गरे।जापान,अमेरिका पढ्न गएका शिक्षित वर्गलाई स्वदेश फर्केर देश बिकास गर्न आव्हान गरे।कारखाना खोल्न चाहनेलाई सम्पूर्ण सुबिधा राज्यबाट दिलाए।सुरुवातमा बाहिरी देशबाट मेसिन औजारहरु भित्र्याउँदा कर छुट गरिदिए। बिस्तारै बिदेश जाने क्रम कम हुँदै गयो।

सन १९८० बाट रोजगारीको लागि कोरिया बाट बिदेश जाने सम्झौता बन्द गरेर बिदेशबाट कोरिया कामदार ल्याउने सम्झौता स्थापित गर्न सफल भयो।जसको कारण अहिले कोरियामा १६ वटा देशका कामदारले रोजगार पाएका छन।सन १९६०को तेस्रो गरिव राष्ट्र आज बलियो अर्थतन्त्र भएको देश ११औँ नम्बरमा पर्न सफल भएको छ।कोरियाको इतिहासमा जर्मनी गएर दुख गरेकाहरुको आवाजले कोरियामा बिकास सफल भएको भन्ने मान्यता रहि आएको छ।जर्मनी गएका कामदारको सम्झनामा कोरियामा मेमोरियल हल बनाएर राखिएको छ।

हामी परदेशीहरुको पुकार हाम्रो सरकारलाई

हामी परदेशमा हुने साराले हाम्रो सरकारलाई “बिदेशमा हुने स्वदेश फर्क,नेपालमा हुने बिदेश नजाउ” भन्ने अभियान सुरुवात गरिदिन अनुरोध गर्ने बेला आएको छ।उच्चशिक्षा पढेर उत्रिएका,तथा पढ्न बिदेश गएका हाम्रा नेपाली छोराछोरीलाई नेपालमै केही गर्ने सक्ने माहोल बनाइदिन अनुरोध बुलन्द गर्ने बेला आएको छ।राज्यको उच्च तहमा विराजमान सम्पुर्ण हाम्रा लागि पुजनिय हुनुहुन्छ।वहाँहरुले बनाइदिएको सुविधा प्रयोग गरेर नै हामी परदेशमा आउन पाएका छौं।हाम्रो देशलाई गर्नु पर्ने दायित्व हामिले पूरा गर्ने छौं।यो हाम्रो आवाज अवश्य सुनुवाइ हुने छ।हामी सबैको कल्याण होस।१२६ जातिको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेसिन नपरोस।
बिक्रम थापा( हाल दक्षिण कोरिया )

लेखक – बिक्रम थापा,हाल कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *