कोरियाबाट ल्याए बिष्णु पाण्डेले “निलो गगन” (भिडियो सहित)

कोरिया समाचार

सिओल

बिगत लामो समय यता नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि जुटिरहेका कलाकार बिष्णु पाण्डेले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा “निलो गगन” बोलको गीत सार्बजनिक गरेका छन् ।

बिष्णुको स्थायी घर नवलपरासी दलदले हो, उनि अहिले रोजगारीको सिलशिलामा कोरिया रहेकाछन । कोरियामा रहेर पनि विष्णुले हाल सम्म करिब ८ भन्दा बढी गीतहरु बजारमा ल्यासकेका छन् । शंख्यात्मक भन्दा पनि गुणस्तरीयलाई बिस्वाश गर्ने उनको यस अघिका प्रस्तुतिलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले रुचाई सकेका छन् ।

भर्खरै मात्र बजारमा आएको बिष्णु पाण्डेको “निलो गगन” बोलको गीतलाई महेन्द्र भण्डारीले लय तयार पारेका हुन् भने शब्द गणेश अधिकारीको रहेको छ । स्वर यस गीतमा बिष्णु पाण्डे संगै सुनिता बुढा क्षेत्रीको सुन्न सकिन्छ । निकै रोमान्चक स्वादमा बजारमा आएको यस गीतको साथमा पाण्डेले सम्पूर्ण नेपालीहरुलाई बिजया दशमी तथा दिपावलीको शुभकामना ब्यक्त गरेका छन् ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, लोमस शर्मा, टिका र जुनुको कार्शक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको भिडियोलाई ड्रोन च्यांग्बा लामाले चलाएका हुन् भने मेकअप सरोज बुढाथोकीको रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *