काेरियामा याै’न बजारका दलाली हजुर आमाहरुले लतारेर भित्र लैजाँदा…..

कोरिया समाचार

हाना आईडल

हाम्रा हजुर आमाहरु जस्तै उमेरका केही महिलाहरु साेजुले लठ्ठ परेर सडक पेटिमा ,काेहि गल्ली छेउमा उभिएर यताउता गर्ने बटुवाहरुलाई बाेलाउने ।

काेरियनमा यता आउ यता भनेर इशारा त कति हाे कति ? यस्ता दृश्य विषेश गरि छन्नानकाे ट्रेन स्टेन बाट झरेपछि पारि पट्टीकाे सानाे बजार छेउछाउमा बढि देखिन्थे ।तर म भाषाको समस्याले उनिहरुलाई नदेखेझै गरेर दाैडन्थे ।मैले ती हजुर आमाहरूकाे इशाराकाे भित्री रहस्य त अनुमान गर्थे तर बुझेको थिएन ।

ती हजुर आमाहरु काेहि सभ्य पाराले बाेलाउछन मात्रै तर काेहि त अराजक शैलीमा जबर्जस्त लतार्न आइपुग्छन ।यस्तै भयो साैलकाे एउटा बजार क्षेत्रमा ।मेरो भिसाकाे कामले म एक्लै साैल आउनुपर्ने भयो ।राम्रोसँग साैलकाे स्थानहरु बारे म जानकार थिइन ।कम्पनी बाट काम सकेर हिड्दा छन्नानमै अध्यारो भइसकेको थियोे ।म तुङदेमुन बाँस बस्न पुग्ने याेजना थियोे ।

साैल बसपार्क बाट तुङदेमुन जान ट्याक्सी चढेको तर ड्राइभरले नबुझेर यौ’न बजारका दलाली हजुरअामाहरुकाे बजार पुर्‍यायाे ।म झरेर अलमल पर्दै पैदल हिड्दै थिए । अलि साँघुरो गल्लि तिर अगाडि बढेको थिए,उक्त गल्ली खुला यौ’न बजारको मुख्य अखडा रहेछ ।

एकहुल महिलाहरु आएर मलाई समाते,म के भयो भनेर तर्सिए ।मलाई समातेर भित्र लिए ।त्यतिबेला मलाई आउने एउटा काेरियन भाषा थाहा थियोे आन्दे ।काेरियनमा आन्दे आन्दे भनेको हुदैन हुदैन भन्ने सुनेको थिए ।

उनिहरुले मलाई इशारा गरेर रेट पनि बताए ।७० हजार काेरियनवन भन्दै मलाई अझ भित्र तानिरहे ।मैले एकाेहाेराे आन्दे आन्दे भनिरहे ।म एक्लै छु,बिरानाे मुलुकमा ,बाटो बिराएर गन्तव्यमा पुग्ने टुंगो छैन तर बिचमै अपहरण जस्ताेमा परियो ।म सँग पैसा छैन भन्ने जस्तो संकेत गरे ,उनीहरूले मेरो कुरा बल्लतल्ल बुझेर छाडिदिए ।

मैले यसको वास्तविकता बारे पछि बुझे ।एकजना ग्राहक यति मेहनत गरेर भित्र पुर्‍याएपछि ती हजुरआमाहरूले नेपाली एक हजार बराबर कमिसन पाउने रहेछन् ।त्यहि कारणले पनि उनिहरुले यति मेहनत गर्नुपर्ने रहेछ ।यस्ता याै’न बजारहरु काेरियामा काेरियनहरु लक्षित गरेर संचालन रहेछन् ।तर विदेशीकाे लागि यी दलाल हजुरआमाहरूले ग्राहक खाेजेर लिने रहेछन् ।

यी आमाहरूले ग्राहक तान्न कति मेहनत गर्दा रहेछन् भन्ने कुरा नेपालमा गाडीवालाले जसरी यात्रुलाई तानातान गर्छन् उस्तै मैले सम्झे ।मैले पहिलोपटक काेरियाका विभिन्न शहरहरुमा खुल्ला याै’न बजारहरु साथीहरू सँग घुम्न जादा देखेकाे थिए ।विषेश गरि चर्चित त्यस्ताे बजार सुवनमा सरकारले वैधानिक रुपमा रेडलाइट यरिया ताेकेकाे छ ।उक्त बजारहरुमा काेरियन केटीहरु ग्राहकको पर्खाइमा परि जस्तै गरि सजिएका दृश्यहरु सहजै देखिन्छन् ।

काेरिया जानू पूर्व त्यहाँको कानुन ,महिला अधिकार ,मानव अधिकार आदि बारे थाेरै अध्ययन गरेको थिए ।महिलाहरुकाे अधिकार बारेमा र उनिहरुकाे सुरक्षाको बारेमा त्यहाँको कानुन कठाेर भन्ने थाहा पाएपछि महिलाहरुलाई सिधा नजरले हेर्ने कुरै भएन् ।तर त्यहाँ महिला अधिकारकाे चरम दुरुपयोग पनि भएको छ ।

महिला अधिकारले गर्दा पुरुषहरु जीवनभर अविवाहित बस्ने क्रम बढ्दाे छ ।महिलाले जे गरेपनि हुने तर पुरुषहरुलाई खुल्ला संसारमा पनि जेल जस्तै बन्धनहरु छन् ।याे अवस्था काेरियाका पुरुष र काेरियन महिलाहरुमा मात्रै सिमित छ ।तर विदेशी महिलालाई अन्याय र अत्याचार भित्र भित्रै अत्यधिक रहेको छ ।काेरियन सँग विहे गरेका विदेशी महिलाहरुलाई अनेक तरिकाबाट यातना तथा हिंसा भएको घटनाहरु बाहिरी रहन्छन् तर यस्तो अवस्थामा काेरियाकाे महिला अधिकार माैन जस्तै हुदाे रहेछ ।

काम लगाइदिने नाममा ठग्ने काेरियन दलालहरु….

मेरो दिमागमा काेरिया पुग्नु भन्दा पहिले काेरियाकाे जुन तस्बिर दिमागमा थियो त्यो भन्दा केही कुरा नितान्त फरक पाए ।काेरियामा काेरियन दलालहरु प्रशस्त पाइने रहेछन् ,धेरै दलालहरु कम्पनीहरुमा काम लगाइदिने दलालहरु हुदा रहेछन् ।

ती दलालहरुले कम्पनीमा काम लगाइदिए बाफत विदेशीहरु बाट माेटाे रकम असुल्ने गर्छन् ।ती दलालहरुले कम्पनी भित्रकै अर्को दलाललाई जिम्मा लगाइदिन्छन्,त्यो दलालले पनि मासिक तलब बाट छुट्टै कमिसन खाइरहेकाे हुन्छ ।यस्ता दलालकाे यति धेरै बिगबिगी हुन्छ काेरियामा,जसले हजारौंलाई ठगि रहेका हुन्छन् ।

हामीले सुन्छाै काेरियनहरु इमानदार ,सहयोगी ,पारदर्शी ? याे सबै झुट जस्तै लाग्छ ।ठाउँ ठाउँमा दलालहरु,कम्पनी तथा कार्यस्थलमा साहुले गरेको श्रमशाेषण,तलब कटाैति,तलब नदिएका तमाम घटना हेर्दा यिनिहरु प्रति घृणा जाग्छ ।

विस्तारै काेरियनहरु आफुलाई बदल्दै छन् ,पुर्खाले स्थापना गरेको इमानदारीता गुमाउँदै ठग्न तिर यिनिहरु बढि सिक्दै छन् ।कम्पनीमा वा कृषि क्षेत्रमा काम गरेका मजदुरले तलब नपाएका सयौं घटना सधैं आइरहन्छन् ।अझ राम्रो काम लगाइदिन्छु भनेर काेरियनले ठग्दै हिड्ने घटना त कति हाे कति ।काम नगरेर जालझेल ,ठगठाग गरेर खाने मानसिकताका बाेकेका काेरियनहरु बढ्दै छन् ।हाम्रा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *