कोरियामा कोरोना सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा उच्च,छुसक मुख्य कारण !

कोरिया समाचार

सिओल

दक्षिण कोरियाको ठूलो चाड छुसकको लामो विदापछि यहाँको दैनिक को’रोना सं’क्रमण अहिलेसम्मकै उच्च रहेको छ। शुक्रबार कोरियामा थप २ हजार ४ सय ३४ जना संक्रमित थपिएका छन।

यो दर यस अघिको दैनिक उच्च सं’क्र’मण गत अगष्ट १० तारिखलाई उछिनेको छ। गत अगष्ट १० मा २ हजार २ सय २१ रहेको थियो। छुसक विदामा मानिसहरुको च’हलपहल भएसँगै यो दर बढेको बुझिएको छ।

कोरियाको महान चाड छुसकमा १० लाखभन्दा बढि मानिसहरु आफ्नो घर फर्केकाले यो सं’क्र’मण बढ्न सक्ने कोरियाका स्वा’स्थ अधिकारकर्मीहरुले पहिले नै अनुमान गरिसकेका थिए।

कोरियामा गत सोमबार देखि बुधवारसम्म छुसकको विदा दिइएको थियो। शुक्रबार कोरियामा २ हजार ४ सय ३४ जना सं’क्र’मित थपिएका छन जसमध्ये २ हजार ४ सय १६ लोकल सं’क्र’मण हो भने बाँकी आयातित सं’क्र’मित संख्या हो।

विहिवार कोरियामा १ हजार ७ सय १६ जना संक्रमित थपिएका थिए। कोरियामा दैनिक संक्रमण १ हजार जनाभन्दा बढि गत ८० दिनदेखि नै देखा परिरहेको थियो। कोरियामा डे’ल्टा भे’रियन्ट फै’लि’ए’सँगै दैनिक सं’क्र’मित संख्या ह्वात्तै बढेको हो।

शुक्रवार राजधानी सउल क्षेत्र जहाँ देशकै आधा भन्दा धेरै जनसंख्या बसोबास गरेका छन त्यस क्षेत्रमा नयाँ सं’क्र’मित ७२.३ प्रतिशत भेटिएको देखिएको छ। सउलमा शुक्रबार ९ सय ३ जना तथा सउल क्षेत्रवरपर रहेको ख्यङ्गिदो क्षेत्रमा थप ७ सय ४ जना थपिएका छन।

छुसकका अवसरमा सरकारले मानिसहरुको ज’मघ’टलाई केहि खुकुलो पारिएको थियो। छुसक विदामा यदि ४ जनाले भ्याकसिन लगाएको अवस्था छ भने ८ जनासम्म मानिसहरुको ज’मघ’टलाई अनुमति दिइएको थियो।

तर शुक्रबारदेखि यस्तो संख्यालाई ६ मा झारिएको छ। अहिलेसम्म कोरियामा ३ करोड ७१ लाख मानिसले कम्तिमा एक डो’ज खो’प लगाइसकेका छन। यो कुल जनसंख्याको करिब ७२.३ प्रतिशत हुन आउँदछ।ईपिएस साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *