सिओल
सन् २०१९ मा कोरियन भाषा संगै सीप परीक्षणमा समेत पास भई कोरिया को पहिलो चरण मै रोजगारदाता को छनोटमा परेका गणेशले बाेहराले ९ महिना देखि स्वेदशमै नयाँ ब्यापार सुरु गरेका छन् ।
काेरिया जान नपाएका गणेश अहिले त्यहि व्यापार बाट सन्तुष्टि लिदै स्वदेश मै आत्मनिर्भर बन्ने बाटोमा अगाडि बढिरहेका छन् ।दसरथ चन्द राजमार्ग स्थित अमरगढी नगरपालिका वडा न. ६ भक्तपुर डडेल्धुरा स्थित मिठाई तथा खुवा व्यवसाय सुरु गरेर गणेश मनग्ये आम्दानी गरिरहेकाे बताउँछन् ।
स्थानीय बासिन्दा बाट भैंसी तथा गाईको दैनिक दूध संकलन संगै खुवा उत्पादन मा प्राथमिकता राखे संगै गणेशले स्थानीय संगै आफ्नो रोजगार को पनि सुनिश्चिता गरेका छन् ।स्थानीय कृषक पनि अहिले आफ्नै ठाउँमा दूध खपत हुने भएपछि खुसि छन् ।
स्थानीयकाे सबै दूध गणेशले लिएपछि तीन घण्टा टाढा बाटो हिडेर बजार खाेज्नु पर्ने स्थानीयकाे बाध्यता हटेको छ । काेरियाकाे सपनाले धेरैलाई यतिबेला पिराेलि रहेको बेला गणेश स्वदेशमै परिश्रमी बनेका छन् ।गणेशकाे खुवा ग्राहकलाई धेरै मन पर्छ ।
अहिले गणेशले बनाएको खुवाकाे माग धेरै छ ।सुगर रोगी हरुले समेत खान मिलने गरी सुगर फ्री खुवा समेत उत्पादन हुन्छ। उनलेे खुवा बेचेर महिनामा १ लाख भन्दाबढी आम्दानी गर्दै आएका छन् ।