सिओल
दक्षिण कोरियामा भिषा सम्बन्धी नयाँ नियम लागु हुने भएको छ।दक्षिण कोरियामा E7-4 भिषामा रहने विदेशी नागरिक हरुले निश्चित मापदण्ड पुर्याएर F2-99 भिषामा आफ्नो भिषा परिवर्तन गर्न सकिनेगरी नियम लागु हुने भएको छ।
दक्षिण कोरियाको न्याय मन्त्रालयका अनुसार विगतमा E7-4 भिषा बहाक विदेशीहरुले F2-99 भिषा परिवर्तन गर्न नपाउनु भएतापनि यो नियम लागु भएसंगै कोरियामा रहने E7-4 बहाक विदेशी नागरिकहरुमा खुशियाली छाउने भएको छ।
E7-4 बाट F2-99 भिषा परिवर्तन गर्नको लागि निम्न मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।
1. समय अबधि:
E-7-4 भिषा लिएको 5 बर्ष पूरा भएको हुनुपर्ने
2. तलब
GNI( कोरियाको प्रतिब्यक्ती आय ) को 1.5 गुणा बढी हुनुपर्ने ,जस्तै 2021,को भन्ने हो भने 5करोड 62 लाख भन्दा धेरै भएको
3. कोरियन भाषा
KIIP or TOPIK) level 4 पास गरेको वा त्यो भन्दा माथी
4. सम्पत्ती /बैंक ब्यालेन्स
बिबाहित हुनुहुन्छ भने तपाईको खातामा 3000 मान वन हुनुपर्नेछ । , तर अविवाहितको खण्डमा कम्तीमा पनि 1 करोड 50 लाख हुनैपर्छ ।
यदि F2-99 भिषा परिवर्तन भयो भने , आफ्नो परिवारको पनि F2-99 हुन्छ . यदि त्यसो भएको खण्डमा दुबैजनाले कानुनी रुपमै काम गर्न पाउनेछन ।
2017 मा E7-4 बनाएका हरुको मापदण्ड पुगेको खण्डमा F2-99को लागि आवेदन गर्न सक्ने ।मिन विक को सहयोगमा
यो पनि पढनुहोस
दक्षिण कोरियामा ‘5G’ प्रयोगकर्ता १ करोड ६० लाख नाघे
दक्षिण कोरियामा ५ जि मोबाईल ने’टवर्क प्रयोगकर्ताहरुको संख्या जुन महिनामा १ करोड ६० लाख ना’घेको छ। ५ जि मोबाईल फोनको बजार बढेसँगै नि’रन्तर रुपमा ५ जि नेटवर्क प्रयोगकर्ताहरुको संख्या पनि बढेको हो। कोरियामा जुन महिनासम्ममा ५ जि ने’टवर्क प्रयोगकर्ताहरुको संख्या १ करोड ६४ लाख ७० हजार पुगेको हो। यो संख्या कोरियामा मोबाईल फोन प्रयोगकर्ताको २३ प्रतिशत हो। कोरियामा ७ करोड १६ लाख ३० हजार मोबाईल फोन प्रयोगकर्ता रहेका छन।
कोरियाको विज्ञान तथा आइसिटी मन्त्रालयले दिएको जानकारी ५ जि प्रयोगकर्ता १ करोड ५८ लाख ४० हजार रहेका छन। दक्षिण कोरियाले सन २०१९ को अप्रिल महिनाबाट ५ जि ने’टवर्कको व्य’वसायिक रुपमा सुरुवात गरेको थियो। प्रयोगकर्ताका हिसाबले अहिले दक्षिण कोरियाको सबैभन्दा ठूलो मोबाईल ने’टवर्क कम्पनी एसके टेलिकम कम्पनीका ५ जि ग्राहाक सबैभन्दा धेरै रहेका छन। यस कम्पनीका ७७ लाख ५ जि प्रयोकर्ता ग्राहाक रहेका छन। त्यसपछि केटी कम्पनीका ५० लाख ग्राहक रहेका छन भने एलजी युप्लस कम्पनीका ३७ लाख प्रयोगकर्ताहरु रहेका छन।
दक्षिण कोरियामा यहाँकै स्थानिय मोबाईल निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले निकालेको नयाँ फोल्ड हुने ५ जि फोन बजारमा ल्याएपछि यो बर्षको अन्तिमतिर ५ जि प्रयोगकर्ताहरुको संख्या ह्वा’त्तै बढेका हुन। त्यसैगरी अमेरीकी मोबाईल फोन निर्माता कम्पनी एप्पलका नयाँ आइफोनहरु बजारमा आएपछि पनि यहाँ यो ने’टवर्क प्रयोगकर्ता अझ बढेका हुन।
“सामसङ र एप्पल कम्पनीले आफ्ना ५ जी फ्लागसिप फोनहरु बजा’रमा ल्याएसँगै चालु बर्षको दोश्रो हाल्फबाट कोरियामा ५ जि ने’टवर्क प्रयोगकर्ताहरु बढेका हुन। अहिले मासिक रुपमा करिब ९ लाख प्रयोगकर्ता ब’ढिरहेका छन।” इबेस्ट इन्भे’ष्टमेन्ट एण्ड से’क्यु’रिटीजका एना’लिष्ट लि स्योङ वोङले बताएका छन।