ह्वासङ नेपाली परिवार द.कोरिया को दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कमान सिंह राई !

कोरिया गतिबिधी

सिओल

ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको दोस्रो अधीवेसन सम्पन्न भएको छ।अधिवेशन बाट परिवारको अध्यक्षमा कमान सिंह राई निर्विरोध चयन हुनुभएको हो।

ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्षमा गोबिन्द खनाल , उपाध्यक्षमा बाबुराज बस्नेत,राम श्रेष्ठ, देबेन्द्र श्रेष्ठ, गोबिन्द राइ , महासचिवमा मनोज गुरुङ सचिवमा सुनिता केसि कोशाध्यक्षमा हरि श्रेष्ठ र सह-कोशाध्यक्षमा दुर्गा पौडेल रहेका छन।

ह्वासङ मा मात्र नभई कोरिया भरि छरिएर बसेका नेपाली र नेपालमा पनि सहयोग को लागि अनवरत खटिरहनुभएको ह्वासङ परिवारको सल्लाहकार तथा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको निवर्तमान अध्यक्ष (सल्लाहकार) सञ्जिव भण्डारीले नया कार्यसमिति लाइ बधाइ तथा शुभकामना दिदै ‌आगामि दिनमा पनि सबै सचेत नेपाली एक भएर अघि बढ्न र एक ले अर्का लाइ परेको बेला सहयोगी हात हरु बढाउन सुझाव दिनु भयो।

निर्वाचित अध्यक्ष राईले ह्वासाङ्गमा भएका नेपाली मात्र नभई कोरियाबाशी नेपालीहरुको हितमा काम गर्ने र सहयोग अभियान मात्र नभई कोरियाबाट फर्केर नेपालमा स्थापित भएका व्यावसायी हरु संग पनि प्रत्यक्ष सम्पर्क गरी कोरियाली प्रविधि नेपालमा भित्राउन आवश्यक पहलकदमी चाल्ने बताउनुभएको छ।

त्यतिमात्र नभई बिभिन्न क्षेत्रका वरिस्ठ विज्ञहरुलाई निम्त्याई अन्तर्क्रिया तथा कोरियाका बिषयमा बिभिन्न कार्यक्रम भर्चुअल रुपमै भएपनी गर्ने योजना रहेको बताउनुभएको थियो।

कोरियापाटी संगको कुराकानीमा नवनिर्वाचित सस्थाका महासचिव मनोज गुरुङले कोभिडका कारण वृहत तरिकाले सबैलाई प्रत्यक्ष उपस्थित गराएर जान नसकेतापनि ह्वासाङ्ग आसपासका साथीहरु जो सामाजिक कामको लागी आफु निरन्तर लाग्न ईच्छा गर्नुभएका सबैलाई समेटेर नयाँ कार्यसमिति बनेकोमा खुशी व्यक्त गर्नुभएको थियो।

उहाँले नव निर्वाचित कार्यसमिति सबै लाई शुभकामना दिदै आगामी दिनहरुमा कोरियामा रहेका संघसस्था,दुतावास लगायत सबैसंग सहकार्य गरेर अगाडी बढने प्रतिवद्दता व्यक्त गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *