सिओल
दक्षिण कोरियाले सन २०२५ भित्रै आकाशमा उड्ने ड्रोन ट्याक्सी बनाइसक्ने भएको छ। अर्वान एअर मोबिलिटी नाम दिइएको यस्तो ट्याक्सी छिटोमा सन २०२५ भित्रै बनाउने गरी योजना अघि बढाइएको छ। कोरियाको राजधानी सउलका रोडहरुमा अहिले अत्याधिक ट्राफिकलाई सहजता प्रदान गर्ने विश्वास लिइएको कोरियाको यातायात मन्त्रालयले बताएको छ।
यो महत्वाकाँक्षी योजनामा सरकारले सन २०३५ भित्र विना ड्राइभरको ड्रोन ट्याक्सी विकाश गरिसक्ने लक्ष राखेको छ। ड्राइभरविनाको हावामा उड्ने ट्याक्सी बनाउने कामका लागि दक्षिण कोरियाले तिब्र तयारी थालेको छ। सन २०३० तिरनै विना ड्राइभरको ड्रोन ट्याक्सी बनाइ परीक्षण गरिनेछ। परीक्षण सफल भएपछी यसलाई व्यवसायिकरण गरिने बताइएको छ।
अहिले ड्रोन ट्याक्सीको व्यवसायिक बजार भरखरै सुरुवात भएको छ। यस्तो बजार अहिले सुरुवाति चरणमा रहेको छ। विश्वका केहि अटोमोबाइल्स कम्पनी तथा टेक फर्महरु अहिले ड्रोन ट्याक्सीको विकासमा लगानी बढाईरहेका छन। विश्वभरका ठूला तथा विकसित शहरहरुमा हुने ट्राफिक भिडभाड कम गर्नका लागि यसले सहयोग पुर्याउने विश्वास लिइएको छ।
कोरियाको यातायात मन्त्रालयले अब ड्रोन ट्याक्सीको बजार विश्वमै तिब्र गतिमा बढ्ने विश्वास लिएको छ। सन २०४० भित्र यसको बजार ७ सय ३० ट्रिलियन वनको पुग्ने अनुमान गरिएको छ। यो समयभित्र कोरियाको बजार भने १३ ट्रिलियन वनको पुग्ने आँकलन गरिएको छ। सरकारले ठूला शहरका विभिन्न स्थानमा ड्रोन उड्न तथा बस्नका लागि भर्टिपोर्टसहरु निर्माण गर्नेछ। यस्ता पोर्टसहरुमा ड्रोन ट्याक्सीहरु सुरक्षित रुपमा उड्न तथा अवतरण गर्न सक्नेछन।ईपिएस साथीबाट
दक्षिण कोरियामा हजारौँ एटिएम बुथ हरु बन्द ! आखिर किन यसो गरियो? (पुरा पढनुहोस )
दक्षिण कोरियामा अनलाईन तथा मोवाईल पेमेन्ट प्रयोग गर्नेहरुको सङ्ख्या बढदै जाँदा हजारौँ एटिएम बुथहरु बन्द गरिएका छन।
बैङ्क अफ कोरियाका अनुसार पछिल्लो समय अनलाईन पेमेन्ट को आकर्षण बढदै गएपछी एटिएम बुथहरु प्रयोगबिहिन जस्तै बनेपछी बन्द गर्न थालिएको बताईएको छ।
गत बर्ष १७०० भन्दा बढी स्वचालित एटिएम मेशिनहरु हटाईएकोमा यो बर्ष समेत हजारौँको सङ्ख्यामा एटिएम मेशिनहरु हटाईएको हो।
बैङ्क अफ कोरियाको तथ्याङ्क अनुसार गत हप्ता सम्ममा कोरियाभर १,१७,६२३ एटिएम मेशिनहरु रहेका थिय जुन गत बर्षको भन्दा १७६९ ले कम हो।हटाईएका अधिकाँश बुथहरु सउल र बुसानका हुन।
बैङ्क स्टाफका अनुसार पछिल्लो समय मानिसहरुले नगद कारोबार एकदमै कम गरेको र त्यसको सट्टामा मोबाईल भुक्तानी,काकाओ पे,सामसङ पे जस्ता अनलाईन पेमेन्ट गेटवे प्रयोग गर्नेहरुको सङ्ख्या बढेपछी एटिएम प्रयोग कम भएकाले एटिएम राख्ने भाडा समेत नउठेपछी हटाउनुपरेको बताएका छन।
दक्षिण कोरियाका प्रमुख शहरहरु सउल,बुसान,ख्वाङ्जु,थेजन र ईन्छनमा एटिएमको सङ्ख्या प्रत्येक १ किलोमिटर दुरीमा कुल एटिएमको क्रमश ३४.९,९.१,६.६,६.१,५.९,५.६ प्रतिशत रहेको छ।