बासुदेव भट्ट
गणतन्त्र कोरियाबाट अक्टोबर, नोभेम्बर र डिसेम्बर, 2019 मा नेपाल फर्केका प्रतिबद्द (Committed) कामदारहरुलाई दक्षिण काेरिया लैजाने विषयमा आधिकारिक रुपमा मिति घाेषणा गरिएको छ ।
इपिएस काेरिया शाखाले मंगलबार एक सुचना जारि गर्दै आउदो कात्तिक १० ,अक्टोबर २७ मा पहिलो उडान मार्फत ५० जना कमिटेड कामदार लैजाने कुरा निश्चित गरेको हाे ।याे सँगै लामाे समय देखि अबरुद्ध दक्षिण काेरिया जान नपाएका नेपाली श्रमिकहरुकाे बाटाे खुलेको हाे ।
कोभिड-१९ को यस विशेष परिस्थितिमा विशेष सावधानी अपनाई देहायका कार्यहरु समयमै सम्पन्न गर्नु हुन कमिटेड कामदारहरुका लागि उडान प्रकृया सम्बन्धि सूचना जारि गरिएको भन्दै इपिएस शाखाले सुचना प्रकाशित गरेपछि लामाे समय देखिकाे अन्याैलता हटेको छ ।
सुरुमा कमिटेड श्रमिक लैजाने र त्यस लगत्तै भाषा पास गरेर प्रक्रिया पुरा गरेका श्रमिक पनि लैजाने इपिएस काेरिया शाखाका एक कर्मचारीले हाम्रा खबरलाई बताए ।अब ढुक्कसँग हामी भन्छाै विगतको जस्तो ठप्प हुदैन सबै प्रक्रिया सुरु भयो उनलेे भने ।प्रक्रिया सुरु भए सँगै हजारौं काेरिया जान नपाएका नेपालीहरु खुसि भएका छन् ।
काेराेना भाइरसका कारण काेरिया जाने नेपाली श्रमिकले यि तलका ६ प्रक्रिया अनिवार्य पुरा गर्नुपर्ने छ ।हाम्रा खबरबाट
दक्षिण कोरियामा हजारौँ एटिएम बुथ हरु बन्द ! आखिर किन यसो गरियो? (पुरा पढनुहोस )
दक्षिण कोरियामा अनलाईन तथा मोवाईल पेमेन्ट प्रयोग गर्नेहरुको सङ्ख्या बढदै जाँदा हजारौँ एटिएम बुथहरु बन्द गरिएका छन।
बैङ्क अफ कोरियाका अनुसार पछिल्लो समय अनलाईन पेमेन्ट को आकर्षण बढदै गएपछी एटिएम बुथहरु प्रयोगबिहिन जस्तै बनेपछी बन्द गर्न थालिएको बताईएको छ।
गत बर्ष १७०० भन्दा बढी स्वचालित एटिएम मेशिनहरु हटाईएकोमा यो बर्ष समेत हजारौँको सङ्ख्यामा एटिएम मेशिनहरु हटाईएको हो।
बैङ्क अफ कोरियाको तथ्याङ्क अनुसार गत हप्ता सम्ममा कोरियाभर १,१७,६२३ एटिएम मेशिनहरु रहेका थिय जुन गत बर्षको भन्दा १७६९ ले कम हो।हटाईएका अधिकाँश बुथहरु सउल र बुसानका हुन।
बैङ्क स्टाफका अनुसार पछिल्लो समय मानिसहरुले नगद कारोबार एकदमै कम गरेको र त्यसको सट्टामा मोबाईल भुक्तानी,काकाओ पे,सामसङ पे जस्ता अनलाईन पेमेन्ट गेटवे प्रयोग गर्नेहरुको सङ्ख्या बढेपछी एटिएम प्रयोग कम भएकाले एटिएम राख्ने भाडा समेत नउठेपछी हटाउनुपरेको बताएका छन।
दक्षिण कोरियाका प्रमुख शहरहरु सउल,बुसान,ख्वाङ्जु,थेजन र ईन्छनमा एटिएमको सङ्ख्या प्रत्येक १ किलोमिटर दुरीमा कुल एटिएमको क्रमश ३४.९,९.१,६.६,६.१,५.९,५.६ प्रतिशत रहेको छ।