सिओल
नेपाल सरकारले नेपाली इपिएस श्रमिकहरुकाे समस्यालाई मध्यनजर गर्दै नेपाल दक्षिण काेरिया सिधा उडानको विषयमा महत्त्वपूर्ण निर्णय गरेको छ ।
यस अगाडि काेरिया श्रमिक लैजाने विषयमा सिधा उडानको लागि गरेको टेण्डर आह्वानमा प्राप्त प्रस्तावहरु कानुनी र मापदण्डअनुसार नभएपछि सरकारले काेरियन एयरलाइन्सलाई सिधा उडानको जिम्मा दिने भएको छ ।
यस विषयमा आज बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले सिधा उडानको बिषय फुकाएको स्रोतले बताएको छ ।निर्णय सार्वजनिक नभएपनि उच्च स्रोतका अनुसार सरकारले गरेको याे निर्णय सँगै आउदो कात्तिक १० गते पहिलो चरणमा कमिटेड ५० जना नेपाली श्रमिक काेरियन एयरलाइन्स मार्फत काेरिया जानेछन् ।
साथै अब इपिएस पासर कोरियन एयरलाइन्सबाट सिधा दक्षिण कोरिया जान पाउने भएका छन ।साथै देउवा सरकारले सरकारले इपिएस सञ्चालन तथा रोजगार अनुमति प्रणाली व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताइएको छ ।
लामाे समय देखि अबरुद्ध दक्षिण काेरिया राेजगार संचालन हुने भएपछि नेपाली श्रमिक खुसि भएका छन् ।हाम्रा खबर
दक्षिण कोरियामा हजारौँ एटिएम बुथ हरु बन्द ! आखिर किन यसो गरियो? (पुरा पढनुहोस )
दक्षिण कोरियामा अनलाईन तथा मोवाईल पेमेन्ट प्रयोग गर्नेहरुको सङ्ख्या बढदै जाँदा हजारौँ एटिएम बुथहरु बन्द गरिएका छन।
बैङ्क अफ कोरियाका अनुसार पछिल्लो समय अनलाईन पेमेन्ट को आकर्षण बढदै गएपछी एटिएम बुथहरु प्रयोगबिहिन जस्तै बनेपछी बन्द गर्न थालिएको बताईएको छ।
गत बर्ष १७०० भन्दा बढी स्वचालित एटिएम मेशिनहरु हटाईएकोमा यो बर्ष समेत हजारौँको सङ्ख्यामा एटिएम मेशिनहरु हटाईएको हो।
बैङ्क अफ कोरियाको तथ्याङ्क अनुसार गत हप्ता सम्ममा कोरियाभर १,१७,६२३ एटिएम मेशिनहरु रहेका थिय जुन गत बर्षको भन्दा १७६९ ले कम हो।हटाईएका अधिकाँश बुथहरु सउल र बुसानका हुन।
बैङ्क स्टाफका अनुसार पछिल्लो समय मानिसहरुले नगद कारोबार एकदमै कम गरेको र त्यसको सट्टामा मोबाईल भुक्तानी,काकाओ पे,सामसङ पे जस्ता अनलाईन पेमेन्ट गेटवे प्रयोग गर्नेहरुको सङ्ख्या बढेपछी एटिएम प्रयोग कम भएकाले एटिएम राख्ने भाडा समेत नउठेपछी हटाउनुपरेको बताएका छन।
दक्षिण कोरियाका प्रमुख शहरहरु सउल,बुसान,ख्वाङ्जु,थेजन र ईन्छनमा एटिएमको सङ्ख्या प्रत्येक १ किलोमिटर दुरीमा कुल एटिएमको क्रमश ३४.९,९.१,६.६,६.१,५.९,५.६ प्रतिशत रहेको छ।