आजबाट डिभी खुल्दै, फर्म भर्दा के के कुरामा ध्यान दिने? यसरी भर्नुहोस !

अन्तरास्ट्रिय

सिओल

अमेरिकाको डाइभर्सिटी भिसा-डिभीका लागि बुधबार राति आवेदन खुल्दै छ।नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार पौने १० बजेदेखि डिभीका लागि आवेदन फर्म भर्न सकिने छ। आवेदनका लागि कात्तिक २३ गतेसम्मको समयसीमा तोकिएको छ।

https://dvprogram.state.gov/मा लगइन गरेर अमेरिकाको डाइभर्सिटी भर्न सकिने दूतावासले जनाएको छ। दूतावासले फर्म भर्दा निम्न कुरामा विचार गर्न सुझाव दिएको छ-

दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।

-आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।
-विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
– वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्।
– स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।
डिभीको आवेदन निशुल्क छ र यो तपाईंले आफैँ सजिलै भर्न सक्नुहुन्छ।

फर्म भर्न तलको लिंकमा क्लिक गर्नुहोस:

https://dvprogram.state.gov/

दक्षिण कोरियामा हजारौँ एटिएम बुथ हरु बन्द ! आखिर किन यसो गरियो? (पुरा पढनुहोस )

दक्षिण कोरियामा अनलाईन तथा मोवाईल पेमेन्ट प्रयोग गर्नेहरुको सङ्ख्या बढदै जाँदा हजारौँ एटिएम बुथहरु बन्द गरिएका छन।

बैङ्क अफ कोरियाका अनुसार पछिल्लो समय अनलाईन पेमेन्ट को आकर्षण बढदै गएपछी एटिएम बुथहरु प्रयोगबिहिन जस्तै बनेपछी बन्द गर्न थालिएको बताईएको छ।

गत बर्ष १७०० भन्दा बढी स्वचालित एटिएम मेशिनहरु हटाईएकोमा यो बर्ष समेत हजारौँको सङ्ख्यामा एटिएम मेशिनहरु हटाईएको हो।

बैङ्क अफ कोरियाको तथ्याङ्क अनुसार गत हप्ता सम्ममा कोरियाभर १,१७,६२३ एटिएम मेशिनहरु रहेका थिय जुन गत बर्षको भन्दा १७६९ ले कम हो।हटाईएका अधिकाँश बुथहरु सउल र बुसानका हुन।

बैङ्क स्टाफका अनुसार पछिल्लो समय मानिसहरुले नगद कारोबार एकदमै कम गरेको र त्यसको सट्टामा मोबाईल भुक्तानी,काकाओ पे,सामसङ पे जस्ता अनलाईन पेमेन्ट गेटवे प्रयोग गर्नेहरुको सङ्ख्या बढेपछी एटिएम प्रयोग कम भएकाले एटिएम राख्ने भाडा समेत नउठेपछी हटाउनुपरेको बताएका छन।

दक्षिण कोरियाका प्रमुख शहरहरु सउल,बुसान,ख्वाङ्जु,थेजन र ईन्छनमा एटिएमको सङ्ख्या प्रत्येक १ किलोमिटर दुरीमा कुल एटिएमको क्रमश ३४.९,९.१,६.६,६.१,५.९,५.६ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *