गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियामा अवैधानिक रुपमा बस्ने विदेशी कामदारहरु को लागी कोरियाली न्याय मन्त्रालयले खुशीको खबर सार्वजनिक गरेको छ।
न्याय मन्त्रालयका अनुसार कोरियामाअवैधानिक रुपमा बसोबास गर्ने विदेशीहरुलाई यदी कोभिड भ्याक्सिनको रिपोर्ट सहित स्वेच्छाले स्वदेश फर्कन चाहेमा उनिहरुलाई लाग्ने जरिवाना बाट छुट सहित विभिन्न सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ।
आगामी अक्टोबर १२ तारिखदेखी आउदो डिसेम्बर ३१ तारिख सम्मको अवधिमा खोप पुरा गरेका गैर कानुनी विदेशी कामदार हरुले स्वेच्छाले स्वदेश फर्कन चाहेमा गैर कानुनी रुपमा बसेको जरिवाना छुट सहित पुन कोरिया प्रवेश प्रतिबन्ध फुकुवा गर्ने बताईएको छ।
जो गैर कानुनी विदेशी कामदार आफु छोपिने डरले खोप लगाएका छैनन उनिहरुलाई खोप लगाउने प्रोत्साहन स्वरुप दक्षिण कोरिया सरकारले यस्ता छुट योजनाहरु लागु गरेको हो।
कोरियामा कोभिड विरुद्दको निशुल्क खोप दर बढाउनको लागी सिओल सरकारले अवैधानिक रुपमा काम गर्ने विदेशी नागरिकलाई लक्षित गरी यस्ता छुटका योजनाहरु सार्वजनिक गरेको हो।
दक्षिण कोरियामा अवैधानिक बसोबास गर्ने विदेशी नागरिक हरुले हाल घर फर्कदा बसाई अवधीको आधारमा अधिकतम २५,१४० अमेरिकी डलर अर्थात ३ करोड वोन सम्म जरिवाना तिर्नुपर्ने प्रावधान रहेको छ।साथै १ बर्ष देखी १० बर्षसम्म पुन: कोरिया प्रवेश निशेध गरिएको छ।
माथी उल्लेखित नियमको आधारमा आगामी मंगलबार देखी डिसेम्बर ३१ तारिखसम्मको अबधीमा कोरोना भ्याक्सिन लगाएको सर्टिफिकेट पेश गरी स्वदेश फर्कन चाहेमा सबै जरिवाना र पुन प्रवेश प्रतिबन्ध सबै फुकुवा हुने जनाईएको छ।
मन्त्रालयका अनुसार कोभिड भ्याक्सिन पुरा गरेको ईलेक्ट्रोनिक या पेपर सर्टिफिकेट पेश गरेर उल्लेखित नियममा सहभागी हुन सक्ने बताईएको छ।
यो बर्षको अन्त्य सम्ममा पनि कोभिड भ्याक्सिन नलगाउने अबैधानिक विदेशीहरु,अप’राधिक कृयाकलापमा सङ्लग्न भई प्रहरी हिरासतमा रहेका विदेशी नागरिक हरुलाई कोरिया सरकारले जरिवाना सहित पुन प्रवेश प्रतिबन्ध कायम राख्नेछ।
अवैधानिक रुपमा कोरिया बसेतापनी कोरियन नागरिक सरह निशुल्क भ्याक्सिन प्रदान गरेको कोरिया सरकारले कोरियामा लामो समय बसोबास गरेका सबै बैधानिक,अवैधानिक विदेशी नागरिकहरुलाई निशुल्क भ्याक्सीन प्रदान गरेको छ।
डकुमेन्ट तथा विदेशी परिचयपत्र नभएका अबैधानिक हरुलाई समेत कोरिया सरकारले उनीहरुको भिषा स्थिती नसोधी फोन नम्बर र पासपोर्टको आधारमा रास्ट्रव्यापी रुपमा स्थानिय सरकार द्वारा सन्चालन गरिएको कोभिड भ्याक्सिन केन्द्रहरु बाट निशुल्क खोप प्रदान गरेको छ।