दक्षिण काेरिया प्रवेश गर्ने विदेशीलाई सहज, हटायो अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम

कोरिया समाचार

सिओल

दक्षिण कोरियाले बिहिबारबाट मान्य हुने गरी विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप लगाएर कोरिया प्रवेश गर्ने बिदेशी नागरिकलाई क्वारेन्टाइनको नियम खुकुलो बनाएको छ ।

समाचार एजेन्सी कोरिया टाईम्सका अनुसार हाललाई कोरोना बिरुद्ध मान्यता प्राप्त खोप लगाएका अमेरिकी सैनिक कुटनितिक नियोगका कर्मचारी तथा उनीहरूका परिवार, व्यापार व्यवसाय, भ्रमण, अध्ययन आदि प्रयोजनका निमित्त कोरिया प्रवेश गर्ने बिदेशी नागरिकलाई अनिवार्य १४ दिने सेल्फ-क्वारेन्टाईन बस्नु नपर्ने नियम ल्याएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा अनुमोदन खोप फाईजर, मोडर्ना, जोन्सन एण्ड जोन्सन एस्ट्राजेनेका (कोभिसिल्ड सहित) सिनोफार्म र सिनोभाक छन् ।

यद्दपी चिनियाँ कम्पनीद्वारा निर्मित दुई खोपहरू सिनोफार्म र सिनोभाक यहाँको खाध्य औषधि सुरक्षा मन्त्रालयमा द्वारा अनुमोदन नगरिएको हुदाँ अझै पनि बिवादमा रहेको पाईएको छ ।

सेल्फ-क्वारेन्टाइन नियमको छुट डब्ल्यूएचओ द्वारा मान्यता प्राप्त भ्याक्सिन लगाएका हरुमा मात्र लागु हुनेछ ।साथै कोरिया प्रवेश गर्दा कोरोना भाईरस प्रमाणित भए अनिवार्य क्वारेन्टाइन बस्नु पर्नेछ । त्यसैगरी उक्त छुट प्राप्त गर्न कोरिया प्रवेश गर्ने व्यक्तिले भ्याक्सिन प्रमाणपत्र अनिवार्य रुपमा प्रमाणित गर्नुपर्ने छ ।

कम्पनी परिवर्तन गरेका हरु पनि कमिटेड को रुपमा कोरिया प्रवेश गर्न पाउने !

दक्षिण कोरिया सरकारले विदेशी श्रमिकलाई लक्षित गरी अक्टोबर १४ तारिख देखी नियम लागु गर्ने भएको छ।

दक्षिण कोरियाको श्रम मन्त्रालयले कोरियामा कम्पनीमा काम गर्ने E-9 भिषा बहाक विदेशी कामदारको लागी कम्पनी परिवर्तन गरेपनि कमिटेड कामदारको रुपमा पुन: कोरिया प्रवेश गर्न पाउने नियममा परिमार्जन गरेको छ।

कम्पनि परिवर्तन गरेपनि पुन कोरिया प्रवेश गर्न पाउने नियम गत अप्रिलमा नै लागु भएतापनि त्यतिबेला एउटै प्रकृतिको कम्पनीमा परिवर्तन गरेका मात्र कमिटेड आउन पाउने भनिएकोमा अहिले परिमार्जन गरिएको नियममा भने फरक प्रकृतिको कम्पनी मा भिषा हानेका कामदार समेत कोरिया पुन प्रवेश पाउने भएका छन।m

परिवर्तित नियम अनुसार जतिपटक कम्पनी परिवर्तन गरेपनि अन्तिम नेपाल फर्कने कम्पनीमा न्यूनतम १ बर्ष काम गरेको हुनुपर्ने भनिएको छ। यदि कम्पनी मालिकले चाहेमा कमिटेड कामदारको रुपमा स्वदेश फर्केको १ महिनामा पुन कोरिया फर्कन पाउने भएका छन।

अहिले भिषा सकेर कोरोना भिषामा रहेका हरुले समेत कम्पनीको चाहेको खण्डमा कोरिया फर्कन पाउने भनिएको छ।यदि अन्तिम कम्पनीमा एक बर्ष नपुगेका कामदारको हकमा यदि कम्पनीको कारण कार्यस्थल परिवर्तन गरेको या कोरियाको नोदोङ्बुले पुन प्रवेश गर्न योग्य भनेर सिफारिस गरेको खण्डमा समेत कमिटेडको रुपमा कोरिया प्रवेश गर्न पाउने भनिएको छ।

कमिटेड आउन पाउने शर्तहरु
१ . भिषा E-9 भएको हुनुपर्ने
२ . उत्पादनमुलक,कृषी तथा पशुपालन,मत्स्यपालन,निर्माण तथा सर्भिस क्षेत्रमा कानुनसम्मत काम गरेको हुनुपर्ने
३ .कम्पनी परिवर्तन गरेपछी अन्तिम कम्पनीमा न्यूनतम १ बर्ष काम गरेको हुनुपर्ने
४ .अन्तिम कम्पनीमा १ बर्ष नपुगेको खण्डमा नोदोङ्बु वा श्रम कार्यालयबाट पुन प्रवेश योग्य अनुमतिपत्र तयार गर्नुपर्ने
५ . कोरोना भिषामा हाल कार्यरत श्रमिकको हकमा पनि लागु हुने
६ . कम्पनी मालिकले पुन: ल्याउन चाहेको खण्डमा यो नियम लागु हुने

माथी उल्लेखित सम्पुर्ण शर्तहरु पुरा गरेको खण्डमा कोरियाबाट लेवर कन्ट्रयाक लिएर नेपाल गएको १ महिना भित्रमा पुन कोरिया प्रवेश गर्न पाईनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *