ब्रेन ट्युमरको अप्रेशन गर्दा दुवै आँखाको ज्योति गुमाएका अमृत लाई सहयोग स्वरुप १ करोड ६७ लाख वोन हस्तान्तरण !

कोरिया समाचार

सिओल

ब्रेन ट्युमरको अप्रेशन गर्द दुवै आँखाको ज्योति गुमाएका रुकुमका अमृत बस्नेतलाई सहयोग हस्तान्तरण गरिएको छ।

ह्वासाङ्ग नेपाली समाज दक्षिण कोरिया द्वारा सन्चालन गरिएको सहयोग अभियान मार्फत करिव ८५ लाख वोन कर्णाली प्रदेश समाज दक्षिण कोरिया मार्फत ५० लाख २० हजार ८७७ वोन र राप्ती समाज दक्षिण कोरिया मार्फत ३२ लाख १३ हजार ७९९ वोन सहयोग गरी कुल १ करोड ६७ लाख हस्तान्तरण गरिएको ह्वासाङ्ग नेपाली समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष दिपक बन्जाराले जानाकारी दिनुभयो।

करिव ३ बर्ष पहिले सुनौलो सपना बोकेर ईपिएस भिषामा कोरिया आएका अमृतको बायाँ आँखामा समस्या आएपछी चेक गर्न जाँदा उनलाई ब्रेन ट्युमर भएको र छिट्टै अपरेशन गर्नुपर्ने भन्ने जनाकारी पाएपछी उनले अप्रेशन गरेका थिय दुर्भाग्यवश अप्रेशन त सफल भयो तर उनले दुवै आँखाको ज्योति गुमाए।

दुवै आँखाको ज्योति गुमाएका अमृतको सहयोगका लागी कोरियामा विभिन्न संस्थाहरुले छुट्टाछुट्टै सहयोग उठाएका थिय।

हवासाङ्ग परिवार दक्षिण कोरियाले सहयोग अभियान चलाएको थियो।उक्त अभियान मार्फत दक्षिण कोरियामा बसोबास गर्ने ५२६ जना सहयोगी हरुले सहयोग गरेका थिय।

अभियान बाट कुल ८५ लाख कोरियन वोन उठेको थियो।सहयोग उठेको रकम पिडितलाई हस्तान्तरण गरिएको बन्जारा ले बताउनुभयो।

सेप्टेम्बर १६ देखी अक्टोबर ३ तारिख सम्म चलेको अभियान बाट उठेको रकम पिडितलाई हस्तान्तरण गरिएको छ।

ह्वासाङ्ग नेपाली समाज को अभियान संयोजक दिपक बन्जारा ले अभियानमा एक्यबद्दता जनाउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै प्रवासमा नेपालीलाई दुख पर्दा नेपालीले नै सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।

साथै कर्णाली प्रदेश समाज दक्षिण कोरिया तथा राप्ती समाज दक्षिण कोरिया मार्फत सहयोग गर्नुहुने सहयोगी मन हरुलाई धन्यबाद व्यक्त गर्दै राप्ती समाज दक्षिण कोरियाका अध्यक्ष ओमलाल ओली ले प्रवासमा जो कोहीलाई दुख पर्दा पनि सबैले सहयोग गर्नुपर्ने कर्तव्य रहेको जानाकारी दिनुभयो।

पिडित बस्नेत गत हप्ता कोरियन एयर मार्फत नेपाल फर्किसकेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *