सिओल
दक्षिण कोरियाको मौसम विज्ञान विभागका अनुसार आउदो हप्ता सिओलको तापक्रम ह्वात्तै घटने पुर्वानुमान गरिएको छ।यो समयमा हुने तापक्रम मध्य ६४ बर्ष यताकै सबैभन्दा कम हुने मौषम पुर्वानुमान महाशाखा सिओलले बताएको छ।
कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसन का अनुसार आउदो हप्ता आईतबार को सिओलको तापक्रम १ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ जहाँसम्म कि आज शुक्रबारको तापक्रम १७ डिग्री सेल्सियस मापन गरिएको थियो।
केएमए का अनुसार मध्य अक्टोबर को तापक्रम ६४ बर्ष पछाडीको सबैभन्दा कम हुने अनुमान गरिएको छ।सन १९५७ मा मध्य अक्टोबरमा सिओलको तापक्रम माईनस ०.४ डिग्री मापन गरिएको थियो भने सोही महिनामा नै सन १९५६ मा सिओलको तापक्रम माईनस १.१ डिग्री सेल्सियसमा झरेको थियो।आउदो हप्ता सिओलको तापक्रम त्यस पछाडीकै सबैभन्दा कम हुने अनुमान गरिएको छ।
भोली सनिबार सिओलको तापक्रम १२ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ भने देशैभरीका विभिन्न ठाउँहरुमा तापक्रम घटने अनुमान छ।
केएमए ले एकैपटक ह्वात्तै तापमान मा भारी गिरावट आउने भएपछी सिओल लगायत देशका विभिन्न भागहरुमा कोल्ड वेभ एलर्ट जारी गर्ने भएको छ।दक्षिण कोरियामा सामान्य तापक्रम बाट ह्वात्तै तापमान घट्यो वा एकैदिनमा ३ डिग्री सेल्सिएस घटेमा कोल्ड वेभ जारी गर्न सकिने प्रावधान रहेको केएमए ले उल्लेख गरेको छ।
कोरियाको उत्तरी ध्रुवको आर्कटिक क्षेत्रबाट चिसो उच्च चाप सहितको वायु दक्षिण कोरियातर्फ प्रवेश गर्दै गरेका कारण यहाँको तापक्रममा भारी गिरावट आउने अनुमान गरिएको छ।कोरियाको तापक्रम आउदो एक हप्ता चिसो रहने अनुमान छ।