बासुदेव भट्ट
कार्तिक १० गते दक्षिण काेरिया प्रस्थान गर्ने कमिटेड नेपाली श्रमिक अनिवार्य एक हप्ता क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।
दक्षिण काेरियाले काेराेना नियन्त्रण सम्बन्धि धेरै मापदण्ड खुकुलो बनाएपछि क्वारेन्टाइनकाे जाेखिम कायम रहेकोले नेपालमै पनि एकहप्ता क्वारेन्टाइन बस्नु पर्ने भएको हाे । कात्तिक ३ गते बाट १० गते सम्म अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने छ ।
इपिएस संघर्ष समितिले दक्षिण काेरियाले फेरि नेपाली श्रमिक बाट काेराेना फैलिएको भन्दै प्रक्रिया राेक्न सक्ने तर्फ सचेत हुदै यस्तो दबाब दिएको हाे ।
विभिन्न १८ बुदे नियमहरु जारि गर्दै संघर्ष समितिले यी नियम अनिवार्य पालना गर्न अनुरोध गरेको छ ।यदि क्वारेन्टाइन बस्न अटेर गरे वा नियम पालना नगरे काेरिया प्रवेशमा समेत अबरोध गरिने संघर्ष समितिले सम्बन्धित पक्षलाई दबाब दिएको छ ।
इपिएस संघर्ष समितिले काेरिया सरकारले जारि गरेको केही नियम तथा आवश्यक प्रक्रियाकाे बारेमा मंगलबार एक विज्ञप्ति जारि गर्दै क्वारेन्टाइन बस्नुपर्ने अगाडि सारेको हाे।लामाे समय देखि नेपाली श्रमिक काेरिया जाने अबरुद्ध प्रक्रिया आउदो कात्तिक १० बाट सुरु हुदैछ ।