एचआरडी कोरियाले जारी गर्यो महत्वपुर्ण सुचना! (सुचना सहित)

कोरिया समाचार

बासुदेव भट्ट

एचआरडी कोरियाको मुख्यालयले नेपालमा कोरोनाको कारण ६ महिना रोस्टर मिति थप गरेको आधिकारिक पत्र पठाएको छ ।कोरियन भाषा परीक्षा उत्तिर्ण गरी रोष्टममा समावेस भएका तर श्रम करार नआएका व्यक्तिहरुको रोष्टर अवधि थप हुने भएको छ।

यसले लामाे समय सम्म प्रतीक्षा गरेका इपिएस पिडितहरुलाई खुसि बनाएको छ ।मंगलबार प्राप्त पत्र अनुसार रोस्टर अबधी सन २०२१ को जुलाइ १ तारिख देखि नोभेम्बर ३० तारिख सम्म मिति सकिएकाको हकमा थप ६ महिना थपिएको छ ।

त्यस्तै सन २०२१ को अक्टाेबर १ तारिख देखि २०२१ को डिसेम्बर ३१ तारिख सम्म म्याद सकिने कामदारको हकमा पनि ६ महिना रोस्टर अबधी थप हुनेछ ।

यसको अर्थ – २०२१ को जुलाइ सुरुमा रोस्टर म्याद सकिएकाको हकमा २०२२ को जनवरी सुरु सम्म म्याद थप हुनेछ ।२०२१ को डिसेम्बर अन्तिममा म्याद सकिनेवाला कामदारको २०२२ को जुन अन्तिम सम्म म्याद थप हुनेछ ।

दक्षिण कोरियामा कोरियन भाषा (टपिक) परिक्षामा चिट चोरेको कारण २९ जना विदेशी नागरिक समातिए !

कोरियाली भाषा प्रविणता परिक्षामा चिट चोरेका भन्दै २९ जना विदेशी परिक्षार्थी समातिएको परिक्षा आयोजक ले बताएका छन।

नेशनल ईन्स्टिच्युट फर ईन्टरनेशनल एजुकेशन का अनुसार उनिहरुले परिक्षामा प्रतिबन्धित ईलेक्ट्रोनिक ग्याजेट,फोन हरु अन गरी चिट चोर्ने,पर्यवेक्षक को आदेशको अवज्ञा गर्ने जस्ता कृयाकलाप गरेको कारण परिक्षाबाट निश्कासन गरिएको बताएको छ।

आईतबार सिओलको खाङ्दोङ्ग जिल्लामा रहेको एक स्कूलमा कोरियन भाषा प्रविणता परिक्षा ‘टपिक’ दिने क्रममा उनिहरुले परिक्षा हलमा निशेध गरिएका विधुतिय सामाहरुको प्रयोग गरी चिटिङ गरेको भेटिएपछी उनिहरुको परिक्षा रद्द गरिएको थियो।

२९ जना मध्य १३ जना चिनिया नागरिक,९जना भियतनामी नागरिक,२ जना काजकिस्थान ,२ जना जापानी र २ जना कोरियन नागरिक समेत रहेको खाङ्गदोङ्ग स्कूल सिओललाई उदृध गर्दै कोरियाली समाचार संस्था दि कोरिया टाईम्स ले समाचार प्रकाशित गरेको छ।

परिक्षा आयोजकका अनुसार उनिहरुले दिएको परिक्षा रद्द हुनुका साथै कानुन अनुसार कारवाही हुने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *