कोरिया का’ण्ड र यसले उब्जाएका आम प्रश्न र सम्बन्ध सुधारका लागी गर्नुपर्ने उपाएहरु !

कोरिया समाचार

निर्दोष शिव

सुर्खेतका तिलक बहादुर चौधरीले कोरियामा १० वर्ष कमाएको पैसा लिएर श्रीमती अन्तै भागिन् भन्ने समाचार बाहिर आयो । यसबाट गोर्खेहरूले ध्यान दिनुपर्ने कुराहरू

१) संसार विश्वासमै चलेको छ तथापि पूरै विश्वास कसैलाई पनि नगर्ने, अलिकति शङ्का र निगरानी पनि राख्ने

२) पास गर्दा २ पैसा सस्तो हुन्छ भनेर घर घडेरी सबै श्रीमतीको नाममा पास नगरिदिने ।

३) श्रीमतीको खातामा त्यति मात्रै पैसा जम्मा गर्ने, ‘जति पैसा’ लिएर गए तापनि ठूलो पछुतो नहोस् । मतलब त्यति पैसा लिएर गएर तेरो जिन्दगी चल्छ भने चलोस् भन्न सकिने मात्रै श्रीमतीको खातामा जम्मा गर्ने । जस्तै ८/१० लाख…

र श्रीमतीको खाता खोल्दा आफ्नो विवरण नि राख्न लगाउने अथवा संयुक्त/जोइन खाता खोल्न पनि सकियो ।

४) श्रीमतीको आवश्यक खर्चमा ल्याङ्ल्याङ नगर्ने तर फजुल खर्च गर्न नदिने । श्रीमतीले चाहेजतिको सबै कुरा पनि नकिनिदिने । किनकि जिन्दगी भनेकै एड्जस्ट/सम्झौता हो भन्ने बुझ्न जरुरी छ ।

५) श्रीमतीलाई बिनाकामको/ फुर्सदिलो नबनाउने । पढाइ या जागिर/व्यवसाय या बच्चा हुर्काउने काममा लगाउने । किनकि जब मान्छेको काम हुँदैन अथवा धेरै फुर्सदिलो हुन्छ नि त्यो बेलामा मनमा नकारात्मक कुराहरू धेरै आउँछन् अनि मान्छे बिग्रन समय लाग्दैन ।

५) श्रीमतीलाई त्यति मात्रौ माया गर्ने, विश्वास गर्ने जति गर्दा टाउकोमा टेक्दैनन् । अर्थात् श्रीमतीलाई शिरमा हैन मुटुमा राख्ने ।

६) घरकाले गर्ने श्रीमतीका कुरा पूर्ण रूपमा पनि नपत्याउने र श्रीमतीले गर्ने घरका कुरा पनि पूर्ण रूपमा नपत्याउने । किनकि बढाइचढाइ गरेर भन्ने बानी प्रायःको हुन्छ र अर्काको घर बिगार्न खोज्ने छिमेकी प्रायःका हुन्छन् ।

७) बराबर उमेरकी केटी पनि बिहे नगर्ने र बाउछोरीजस्तै देखिने पनि बिहे नगर्ने । जस्तै: ३-७ वर्षको फरक ।

८) श्रीमतीलाई आफ्नो खुट्टामा आफैं उभिन सिकाउने/ सहयोग गर्ने ।
र अन्त्यमा, तिलकले प्रहरीमा उजुरी गरेपछि प्रहरीले तिलककी श्रीमतीलाई पक्राउ गर्छ र गर्न सक्नैपर्छ । अनि कुरा अदालतमा जान्छ कानुन अनुसार श्रीमान श्रीमतीले सम्पत्ति पाउँछन्न यदि सम्बन्ध विच्छेद गर्नेभए । हैन भने त सम्बन्ध पुनः निरन्तर चल्ने होला ।

नेपालको प्रहरी प्रशासन र अदालतले आफ्नो धर्म बिर्सेन भने तिलकले १० वर्ष कमाएको सबै गुमाउनु पर्दैन र तिलकजस्ता कसैले पनि पर्दैन सबै पैसा गुमाउन ।मलाई लागेका कुरा हुन् अरूलाई मन पर्नैपर्छ भन्ने छैन ।
©निर्दोष शिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *