कोरिया टेलिकम ( K.T) को सेवा अचानक अवरुद्द,टेलिकमले माग्यो माफी !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियाली दुरसंचार संस्था कोरिया टेलिकम (के.टी) को सन्चार सेवा सोमबार अचानक अवरुद्द भएपछी टेलिकम कर्पोरेसन ले आफ्ना सेवाग्राही हरुसंग माफी मागेको छ।

आईतबार बिहान ११ बजे देशैभरी कोरिया टेलिकमका ग्राहकले ईन्टरनेट,के टी भुक्तानी तथा फोन कलमा समस्या भोगेका थिय।कोरिया टेलिकमका सम्पुर्ण सेवाहरु अवरुद्द भएको केही समयपछी पुन सुचारु भएतापनी देशका केही भुभागहरुमा अझै समस्या कायमै छ।

कोरिया टेलिकमको सर्भरमा समस्या आएपछी म्यासेज,अनलाईन मिटिङ्ग तथा अनलाईन बैङ्किङ्ग सेवा समेत प्रभावित भएको थियो।

टेलिकमले प्रारम्भिक रुपमा दिएको रिपोर्टका अनुसार यसको डस्ट्रिब्युसन डिनायल अफ सर्भिस (DDOS) सर्भरमा साईबर हमला भएको कारण यस्तो समस्या आएको बताएपनी पछी राउटरमा समस्या आएको कारण यस्तो भएको बताएको छ।

दक्षिण कोरियाली आईसिटी मन्त्रालयले समस्या देखा परे पश्चात साईवर सुरक्षा सम्बन्धी चेतावनी को तेस्रो तहको अलर्ट ११:५६ मा जारी गरेको थियो।

मन्त्रालयले यसको वास्तविक कारणको अनुसन्धान जारी रहेको बताएको छ।

कोरियाली साईवर प्रहरीले सेवा अवरुद्द पश्चात लगत्तै अनुसन्धान सुरु गरेको र यसको वास्तविक कारण छिट्टै सार्वजनिक गरिने प्रहरी अधिकारीले बताएका छन।

दक्षिण कोरियामा कोरियन भाषा (टपिक) परिक्षामा चिट चोरेको कारण २९ जना विदेशी नागरिक समातिए !

कोरियाली भाषा प्रविणता परिक्षामा चिट चोरेका भन्दै २९ जना विदेशी परिक्षार्थी समातिएको परिक्षा आयोजक ले बताएका छन।

नेशनल ईन्स्टिच्युट फर ईन्टरनेशनल एजुकेशन का अनुसार उनिहरुले परिक्षामा प्रतिबन्धित ईलेक्ट्रोनिक ग्याजेट,फोन हरु अन गरी चिट चोर्ने,पर्यवेक्षक को आदेशको अवज्ञा गर्ने जस्ता कृयाकलाप गरेको कारण परिक्षाबाट निश्कासन गरिएको बताएको छ।

आईतबार सिओलको खाङ्दोङ्ग जिल्लामा रहेको एक स्कूलमा कोरियन भाषा प्रविणता परिक्षा ‘टपिक’ दिने क्रममा उनिहरुले परिक्षा हलमा निशेध गरिएका विधुतिय सामाहरुको प्रयोग गरी चिटिङ गरेको भेटिएपछी उनिहरुको परिक्षा रद्द गरिएको थियो।

२९ जना मध्य १३ जना चिनिया नागरिक,९जना भियतनामी नागरिक,२ जना काजकिस्थान ,२ जना जापानी र २ जना कोरियन नागरिक समेत रहेको खाङ्गदोङ्ग स्कूल सिओललाई उदृध गर्दै कोरियाली समाचार संस्था दि कोरिया टाईम्स ले समाचार प्रकाशित गरेको छ।

परिक्षा आयोजकका अनुसार उनिहरुले दिएको परिक्षा रद्द हुनुका साथै कानुन अनुसार कारवाही हुने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *