दक्षिण कोरियामा जोनसोन एण्ड जोनसोन कोभिड भ्याक्सिन लगाएका एक व्याक्तीको मस्तिष्कघा’त भई मृ’त्यु !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियामा जोनसोन एण्ड जोनसोन कोभिड भ्याक्सिन लगाएका ५७ बर्षिय एक बृद्दको ज्या’न गएको छ।सेप्टेम्बर १७ मा जोनसोन एण्ड जोनसोन को खोप लगाएका उक्त व्याक्तीको अक्टोबर १० मा मृ’त्यु भएको हो।

जोनसोन एण्ड जोनसोन सिङ्गल डोजको खोप लगाएका उनको खोप लगाएको दुईसाता पछी मस्तिष्क घा’त भई अस्पताल भर्ना गरिएको थियो।ततपश्चात डाक्टरहरुले मस्तिष्कको शल्यकृया गरेका थिय।मस्तिष्कको शल्यकृया पश्चात उनको ब्रेन डेड भएका कारण अस्पतालले बचाउन नसकेको बताएका छन।

यसैबिच मृ’तक का परिवारले मृ’तकको अंग अन्य ४ जनालाई दान गर्दै मृ’तककी छोरी ले कोरियन सरकारलाई आफ्नो बु’वाको मृ’त्यु को कारण स्पस्ट पार्न आग्रह गरेकी छन।

उनले आफ्नो बुवाको मृ’त्यु र खोप विचको सम्बन्ध र यसको असरका कारण मृ’त्यु भएको हो कि होईन यस बारेमा स्पस्ट अनुसन्धान गर्न आग्रह गर्दै कोरियाली प्रेसिडेन्सियल वेभसाईट छङ्गवादे मा पोस्ट गरेकी छन।

छोरीका अनुसार कोभिड भ्याक्सिन लगाउनु पुर्व आफ्नो बुवा स्वस्थ भएको र लगाएपश्चात करिव २ हप्तापछी अक्टोवर ६ मा अस्पताल भर्ना गरिएको थियो।अस्पताल भर्ना गरिएपछी मस्तिष्क मा समस्या आएको भन्दै डाक्टरहरु द्वारा मस्तिष्क को शल्यकृया गर्नुपर्ने बताएका थिय,दुर्भाग्यबश मस्तिष्क को शल्यकृया सफल नभएपछी अक्टोबर १० मा ब्रेन डेड भएको भन्दै डाक्टरहरुले मृ’त घोषणा गरेका थिय।

करिव ३३ बर्ष अगाडी मुटुको भल्वको सर्जरी गरे पश्चात आफ्नो बुवालाई अन्य कुनै समस्या नदेखिएको तर खोप पश्चात लगत्तै यस्तो हुनुमा खोपकै कारण भएको मृ’तककी छोरीले वेभसाईटमा लेखेकी छन।अस्पतालले भने खोपकै कारण मृ’त्यु भएको भन्ने आधार नरहेको जनाएको छ।

उनले भनेकी छन”मैले मलाई क्षतिपुर्ती को लागी होईन तर सरकारले मेरो बाबाको मृ’त्युको स्पस्ट कारण खुलाओस म सरकार संग ईमान्दार तरिकाले आग्रह गर्न चाहन्छु।”

साथै उनले अस्पतालको गैरजिम्मेवारी प्रति आलोचना गर्दै सरकारले कोभिड भ्याक्सिन योजनामा सबै सहभागी गराउने योजना संगसंगै यसले पार्ने प्रभावको बिषयलाई समेत संगसंगै जनतासामु पुर्याउनुपर्ने सुझाव दिएकी छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *