दक्षिण कोरियामा एक यूवकले टिकटक भिडियोमा ‘कामी ‘शब्द प्रयोग गरी भिडियो बनाएपछी सशक्त दलित एकता समाजले कारवाहीको माग गर्दै निकाल्यो विज्ञप्ती !

कोरिया समाचार

सिओल

ईपिएस मार्फत दक्षिण कोरियामा कार्यरत एक यूवकले टिकटक भिडियोमा ‘कामी’ शब्दको प्रयोग गरी भिडियो बनाएपछी उनलाई कारवाहीको माग गर्दै सशक्त दलित एकता समाजले विज्ञप्ती जारी गरेको छ।

काले भाई नामक टिकटक आईडी मार्फत सुमन थापा ले अक्टोबर २३ तारिखका दिन अपलोड गरिएको टिकटक भिडियो यतिवेला सामाजिक सन्जाल मा भाईरल भएको छ।

उक्त भिडियोमा लामो समयदेखी नेपाली समाजमा रहँदै आएको जातिय विभेदलाई बल पुग्ने खालको उखान टुक्काको प्रयोग गरी उत्पिडित वर्गको आत्मसम्मानमा ठेस पुर्याएको र महिला हरुमाथी अपमान हुने खालका शब्द प्रयोग गरेको कारण सशक्त दलित एकता समाजले विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ।

नेपाली समाजमा लामो समयदेखी दलित समुदाय लाई हेप्ने,होच्याउने र अपमान गर्ने खालका कैँयौँ शब्दहरु समाजमा व्याप्त रहेकाले यस्ता शब्दहरुले मानसिक हिँ’सा बोकेको कारण यि र यस्ता शब्दहरु आफुहरुलाई मान्य नहुने विज्ञप्तीमा उल्लेख छ।

यस्ता शब्द प्रयोग गर्ने जो कोहीलाई जातिय भेदभाव तथा छुवाछुत कसुर ऐन २०६८ को दफा ४ को उपदफा १२ अनुसार कसुर लाग्ने भएकाले यसतर्फ सबैजना सचेत रहन दलित एकता समाजले आग्रह गरेको छ।साथै यस्ता भेदभाव बोकेका शब्द प्रयोग गरी होच्याउनेलाई कानुन अनुसार कारबाहीको माग गरिएको छ।

के भनेका थिय त उनले?

“यहाँ हाम्रो एकजना गोर्खेको चाहिँ १० बर्षको कमाई लिएर स्वास्नी टाप भनेर एउटा न्यूज आएको रहेछ। अनि यो घटनालाई यसो हेरेको मैले। १० बर्षको कमाई खुतु खुतु आँखा चिम्म गरेर बूढिलाई पठाएपछि पोइला नगएर कहाँ जान्छन त? विश्वास गर्ने पनि एउटा सिमा हुन्छ। जति नै विश्वास गरे पनि आफू आफ्नो तरिकाले सुरक्षित हुने त कोशिस गर्नुपर्छ नि।

सबै पैसा क्यासमा पठाको हैन होला। कहि त इन्भेष्ट गरेको होला। इनभेष्ट गरेको श्रोत चाहिन्छ। कानूनी रुपमा बाँधेर राखेको होला। सारा सम्पति लिएर त जाँदैन थ्यो नि त। पैला पैलाको उखान थाहा छैन? कामीलाई बन आईमाईलाई धन नदिनू भनेर? …..”

Leave a Reply

Your email address will not be published. Required fields are marked *