सिओल
दक्षिण कोरिया सरकारले लक्षित कोरोना खोप दर पूरा गरेपछि अर्को महिनादेखि क्रमशः सामान्य अवस्थामा फर्किने योजनाको तयारी गरिरहेको छ। यद्यपि यो परिवर्तनलाई बिशेष गरि युवा कामदारहरूले पूर्ण रूपमा स्वागत गरेका छैनन् ,किनकि उनीहरूले नचाहेको सामान्य अवस्थाको सामना गर्नुपर्नेछ ।
कोरिया टाइम्सका अनुसार तीन वर्षदेखि एउटा कम्पनीमा काम गरिरहेकी २९ वर्षीया जाङ उइ-जिनले महामारीअघिको काम गर्ने संस्कृति र जीवनशैलीलाई पूर्णरूपमा पुनः सुरु गर्न आवश्यक नभएको बताएकी छन् । उनका अनुसार व्यक्तिगत बैठक वा काम पछिको खाना बिना कार्यहरू पूरा गर्न कुनै समस्या अनुभव गरेकी छैनन् ।
‘एक हप्ता काम गरेपछि प्राय: आफ्नै लागि योजनाहरू हुन्छन्, जस्तै फ्रेन्च भाषा अध्ययन गर्ने, खाना पकाउने कक्षाहरू लिने, योगमा जाने र मेरो छाला विशेषज्ञसँग नियमित भेटघाट गर्ने,’ जांगले भने । ‘यदि मेरो मालिकले काम पछिको डिनरको योजना बनाउनुहुन्छ भने म सामेल नहुने बहाना बनाउँनेछु ।’
गत जुन महिनामा १ हजार ४ सय १२ जना कामदारहरूको जुनमा गरिएको सर्वेक्षणले पनि यस्तै प्रतिक्रिया देखायो। २० देखि ३० वर्षीय लगभग ४५ प्रतिशत कामदारहरूले उनीहरू आफ्ना कम्पनीहरू र सहकर्मीहरूले महामारी समाप्त भएपछि पनि कम्पनीको डिनरबाट टाढा बस्न चाहने बताएका छन् । ४४.१ प्रतिशतले यो पनि भने कि तिनीहरू राती अबेरसम्म चल्ने पिउन चाहँदैनन् ।
सर्भेक्षणमा ४० देखि ५० वर्षीय कामदारहरू मध्ये ३१.७ प्रतिशतले कामपछि बेलुकीको जमघट गर्ने र रक्सी पिउने चाहना राखेका छन् । यसले भने भविष्यमा युवा र वृद्ध कामदारहरू बीच द्वन्द्वको सम्भावना देखाउछ।
गोयाङमा बस्ने ३३ वर्षीया किम बो-राले भने, ‘सप्ताहमा दुई वा तीन पटक भए पनि, घरबाट काम गर्ने सुविधाको अनुभव गरेपछि, मलाई महामारीअघिको दैनिकीमा फर्किन मन लाग्दैन ।’