दशैंको दिनमा कोरियामा औद्योगिक दुर्घ’टनामा परेका एक नेपालीको मृ’त्यु !

कोरिया समाचार

सिओल

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिगत ८ बर्षदेखि रहेका पर्वत भुजुङ्गका शिव हरि पौडेलको औद्योगिक दु’र्घटनामा परि ज्यान गएको छ ।

कोरियाको थेजन शहर स्थित एक फर्निचर कम्पनिमा कार्यरत उनी काम गर्ने क्रममा दशैको दिनमा अर्थात अक्टोबर १५ तारेखको दिनमा भर्याङ्गबाट लडेका उनलाई टाउकोमा गम्भीर चोट लागेर शख्त घाइते भएका थिए ।

उनलाई अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर होस खुल्न भने सकेन । अस्पतालले उनलाई अक्टोबर २४ तारेखमा मृ’त घोषणा गरेका थियो ।

दु’र्घटनामा परेर मृ’त्यु भएको तथा उनको श’व नेपाल लैजानको लागि समेत प्रक्रिया अगाडि बढिसकेको कोरियास्थित नेपाली राजदुतावासकि श्रम सहचारी रमा भट्टराईले जानकारी दिनुभएको थियो ।

पहिलो कार्यकाल पूरा गरेर कमिटेड कामदारको रुपमा उनी कोरिया २०१८ मा आएका थिए ।उनी लडेको भर्याङ्ग यहि हो ।

हेल्लो कोरिया नेपालमा मिन विक द्वारा तयार गरिएको।

अनुहारको प्यारालाईसिस भएर कोरियाको अस्पतालमा उपचारार्थ नेपाली चेलीलाई सहयोगको अपिल !

रोजगारीको शिलशिलामा ईपिएस मार्फत दक्षिण कोरियामा कार्यरत स्याङ्गजा मा जन्मिएर हाल नवलपरासीको बर्दघाटमा बस्दै आएकी नेपाली चेली सन्जु थापा अनुहारको आधा भाग नचल्ने फेस प्यारालाईसिस भएर कोरियाको अस्पतालमा हाल उपचारार्थ छिन।

थापा विगत केही महिना अघि कोरियामा गाडीको ठक्कर बाट खुट्टामा चोट लागेर खुट्टाको अप्रेसन गरेकी उनको खुट्टाको घाउ सन्चो हुन नपाउदै फेरी एक्कासी अनुहारको एक भाग नचल्ने समस्या फेस प्यारालाईसिस भएर अस्पतालमा भर्ना भएकी छन।

पिडित थापा हाल सउल स्थित गुब्यनदारी साराङ प्लस अस्पतालमा उपचारार्थ रहेकी छन।हाल उनको आर्थिक अवस्था नाजुक भएको र आफ्नो उपचार खर्च बेहोर्न नसक्ने भएको कारण अस्पतालमा उपचार समेत नपाउने अवस्था आएकोले आम कोरियाबाशी नेपालीहरु माझ वुमन फर वुमन दक्षिण कोरियाले सन्जु थापा उपचारार्थ सहयोग अभियान सन्चालन गरेको छ।

विगत ५/६ महिना देखी कोरियामा बेरोजगार भएको र नेपालमा समेत हालसालै कोरोनाको कारण पिडित थापाको श्रीमानको मृ’त्यु भएकोले उनको आर्थिक अवस्था नाजुक रहेको वुमन फर वुमन दक्षिण कोरियाकी सचिव सुस्मा थापाले जानाकारी दिनुभयो।

रोगको प्रारम्भिक परिक्षण अनुसार उनको उपचार खर्च १ करोड वोन भन्दा माथी लाग्न सक्ने अस्पतालले अनुमान गरेको छ।

पिडीत थापा कोरियामा हुने हरेक सामाजिक कामहरुमा सक्रियता का साथ लागी पर्ने चेली भएकाले अहिलेको उनको अवस्थालाई मध्यनजर गर्दै सम्पुर्ण कोरियामा कृयाशिल संघसंस्था,व्यावसायी,अभियन्ता लगायत नेपाली दिदीबहिनी तथा दाजुभाई हरुलाई सहयोग गर्न वुमन फर वुमन दक्षिण कोरियाले अपिल गरेको छ।

सहयोगका लागी विवरण

खाता नम्बर :3561089664753
खातावालाको नाम : THAPA SANJU
बैङ्क : NH 농협 은행

Leave a Reply

Your email address will not be published. Required fields are marked *