दक्षिण कोरियाको एक स्कूलका प्रधानाध्यापकले महिला शौचालयमा अदृस्य क्यामेरा जडान गरेपछी …

कोरिया समाचार

सियोल

आन्याङको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालयको महिला शौचालयमा अदृस्य क्यामेरा जडान गरेको आरोपमा शुक्रबार आपतकालीन गिरफ्तार गरिएको छ।

सियोलबाट २३ किलोमिटर दक्षिणमा रहेको आन्याङ्ग सहरको विद्यालयमा महिलाको शौचालयको छेउमा २-४ सेन्टिमिटर लामो क्यामेरा राखेको आरोपमा ५७ वर्षीय प्रिन्सिपललाई आन्याङ दोङ्गान पुलिस स्टेशनले पक्राउ गरी सोधपुछ गरिरहेको बताएको छ।

उक्त विधालयका एक शिक्षकले क्यामेरा पत्ता लगाएर स्कूल अधिकारीहरूलाई रिपोर्ट गरे। खबर पाएपछि विद्यालयमा पुगेका प्रहरी अधिकारीले क्यामेरा राख्ने प्रधानाध्यापक नै भएको थाहा पाए ।

प्रिन्सिपलले कथित रूपमा क्यामेरा जडान गरेको स्वीकार गरे तर उनको कुनै यौन मनसाय नभएको जिद्दी गरे। क्यामेराको डिजिटल फरेन्सिक विश्लेषण भइरहेको प्रहरीले जनाएको छ ।

ख्यङ्गी प्रान्तको शिक्षा कार्यालयले प्रिन्सिपललाई आफ्नो जागिरबाट निस्कासन गरेको र घटनाको अनुसन्धान सुरु गरेको बताएको छ।

कार्यालयले प्रहरी अनुसन्धानको नतिजा अनुसार प्रधानाध्यापकलाई अनुशासनको कारवाही गर्ने बताएको छ।

दक्षिण कोरियामा युनिभर्सिटी प्रोफेसरले बाथरुम बाट अनलाईन क्लास लिएपछी …

दक्षिण कोरियाको हान्याङ युनिभर्सिटीका एक प्रोफेसरले बुधबार बाथरुममा रहेको बाथटव बाट नुहाउने क्रममा अनलाइन क्लास दिएको भेटिएको छ।

नाम गोप्य राखिएका प्रोफेसरले अडियोमा मात्रै अनलाइन क्लास दिइरहेका थिए । तर संयोगवश क्यामेरा खोलिएपछी बाथटवमा बसेको उनको सरिरको माथिल्लो भाग देखिएको युनिभर्सिटीका बिधार्थीलाई उदृध गर्दै त्यहाँको स्थानिय समाचार माध्यम एसविएस च्यानलले बताएको छ।

उनले क्यामेरा खोलिने बित्तिकै पुन क्यामेरा बन्द गरे र अध्यापन जारी राखे। यद्यपि, बाथटबमा पानी छचल्किएको आवाज आईरहेको विद्यार्थीहरूले एसविएस मिडियालाई बताए।

“हामीले प्रोफेसरको आधा शरिर देख्यौँ,उनले हतारहतार क्यामेरा बन्द गरे र केही नभएको जस्तो गरी पुन पढाउन सुरु गरे तर हामी बाथरुमबाट पानीको आवाज थाहा पाईरहेका थियौँ।”एक विधार्थीले भने ।

विद्यार्थीहरूले प्रोफेसरले आफ्नो बाथटब बाट पढाउने यो पहिलो पटक नभएको बताए, यसअघि अडियो अनलाइन कक्षाहरूमा पानी छचल्किएको आवाजलाई स्मरण गर्दै विगतका कक्षाहरुमा समेत पानीको आवाज र बाथरुमको गुन्जायमान आवाज सुनिने गरेको बताए।

प्रोफेसरले कोभिड-१९ खोपको दोस्रो डोज प्राप्त गरेपछि आफूलाई उच्च ज्वरो आएको भन्दै विद्यार्थीहरूलाई क्षमा गरिदिन आग्रह गर्दै इमेल पठाएका थिय साथै उनले आफु बिरामी भएतापनी विधार्थीहरुको कक्षा लाई मध्यनजर गर्दै अनलाईन कक्षा सन्चालन गरेको बताए।

हान्याङ युनिभर्सिटीले घटनाको सुक्ष्म तहसम्म अध्ययन गर्न प्राध्यापकलाई अनुशासनात्मक कारबाही गर्ने कि नगर्ने निर्णय गर्न कर्मचारी समितिको बैठक बोलाउने बताएको छ।

विद्यालयका प्राध्यापकले यसअघि नुहाउने क्रममा आफूले कहिल्यै अनलाईन कक्षा नलिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *