सियोल
दक्षिण कोरियाले को’भिडको कारण दर्शा’उदै रेस्टुरेन्ट, होटल क्याफेलगायत बढी जमघट हुने स्थानमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको छ ।
को’भिडसँगै जनजीवन सामान्य बनाउने नीतिअन्तर्गत सोमबारदेखि लागू हुने गरी ती क्षेत्र खुकुलो बनाइएको हो । खोप लगाएको प्रमाणका आधारमा बढी भि’डभाड हुने स्थान जिम हल, साउना र बारहरुमा सर्वसाधरणलाई अनुमति दिइने भएको छ ।
सरकारले फेब्रुअरीको अन्त्यसम्ममा सबै प्रति’बन्ध हटाउने योजना गरेको छ । दक्षिण कोरियामा अहिले पनि को’भिड सं’क्रमण बढ्दो छ । तर, साबधानी र सुरक्षा माप’दन्ड कार्यान्वयन भएको कडाइका कारण संक्रम’णबाट मृ’त्यु हुने दर भने अन्य देशहरुको तुलनामा न्यून छ ।
करिव ५ करोड २० लाख जनसंख्या भएको दक्षिण कोरियामा अहिलेसम्म ७० प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै, ७९ प्रतिशतभन्दा बढीले कम्तिमा पहिलो डोज लगाएका छन् ।
दक्षिण कोरियामा जुलाईदेखि कोरोनाको चौथो कहर सुरु भएको थियो । पुनः सं’क्रमण फैलिएपछि भिडभाडमा रोक लगाउनुका साथै सामाजिक दूरीलगायत रोग नियन्त्र’णका उपायलाई प्रभा’वकारी ढंगले कार्या’न्वयन गरिएको थियो ।
घरबाहिर हुने खेलकुदका कार्यक्रममा ५० प्रतिशतसम्म दर्शकलाई मैदानमा खेल हेर्न अनुमति दिइएको छ । त्यस्तै, सामाजिक दूरी कायम गर्दै कुनै पनि क’न्सर्टमा १०० जनासम्म सहभागी हुन पाउनेछन् । नयाँ मापद’ण्डअनुसार खोप लागेका व्यक्तिले मात्र नाट्यशाला र चलचित्र हलभित्र पपकर्न र सोडा खान पाउनेछन् ।
संक्रमणका दृष्टिले बढी जो’खिमयुक्त बार, नाइट क्लब, जीम हल र साउनामा जानुअघि खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । खोप नलगाएका व्यक्तिको हकमा पछिल्लो २४ घन्टामा को’भिड परी’क्षण गरेको नेगे’टिभ रिपोर्ट दे’खाउनु पर्नेछ ।