दक्षिण कोरियाको ह्वासाङ्ग ब’न्दी गृहमा रहेका अवैधानिक विदेशीलाई चरम या’तना दिएको पुस्टी !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियामा अवैधानिक बसेका एक विदेशी नागरिकलाई ह्वासाङ्गको विदेशी हि’रासत केन्द्रमा चरम या’तना दिएर मानव अधिकारको उल्लङ्घन गरेको न्याय मन्त्रालयले पुस्टी गरेको छ।

मोरक्कोका ३० वर्षिय कै’दीले सियोलबाट ४० किलोमिटर दक्षिणमा रहेको ह्वासाङ्ग ईमिग्रेसन प्रोसेसिङ्ग सेन्टरमा गत जुन महिनामा हिरासतमा आफूमाथि दु’र्व्यवहार भएको दाबी गर्दै राष्ट्रिय मानवअधिकार निगरानी निकायमा निवेदन दिएपछि अनुसन्धान सुरु भएको थियो।

उनले उक्त सेन्टरमा रहेका अधिकारीहरूले आफुलाई आफ्नो दुवै हात र खुट्टा आफ्नो सरिरको पछाडी बाँधेर एकान्त कक्षमा राखेको आरो’प लगाए।

उनको आरो’प सहित निवेदन माथी अनुसन्धान गर्दा सीसीटीभी फुटेजमा उनलाई दुवै हात र खुट्टा शरिरको पछाडी लगेर बाँधेर घोप्टो पारी एकान्त कक्षमा चार घण्टाभन्दा बढी समयसम्म त्यही अवस्थामा राखि चरम या’तना दिएको भेटिएको छ।

अवैधानिक उक्त विदेशीलाई कानुनले तोके भन्दा बढी निर्म’म तरिकाले या’तना दिईएको कारण मानव अधिकारको उल्लङ्घन भएको आधिकारिक पुस्टी भएको अनुसन्धान मा संलग्न अधिकारीहरुले बताएका छन।

न्याय मन्त्रालयका अनुसार बन्दी गृहका कर्मचारीहरुले अबैधानिक विदेशीहरुलाई गर्ने सजा’यका परिधीहरुको विषयमा जानाकार नभएको कारण यसो भएको हुनसक्ने आँकलन गरेको छ।

मन्त्रालयले यस्ता घटना पुन नदोहोरियोस भनि आउदा दिनहरुमा अवैधानिक विदेशी नागरिकलाई हिरा’सतमा राख्ने प्रकृयालाई परिमार्जन गर्ने बताएको छ।

यसै क्रममा आप्रवासी अधिकार समूहहरूले अध्यागमन हिरास’त केन्द्रमा राखिएका मोरक्कन व्यक्तिलाई तत्काल रिहा गर्न आह्वान गर्दै ह्वासाङ्ग विदेशी हिरास’त केन्द्र अगाडी प्रदर्शन गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *