गुरुदत्त न्यौपाने /सिओल
फ्रान्सेली लग्जरी ब्रान्ड च्यानल कोरियाले पुन: आफ्ना क्लासिक झोलाहरुको मूल्यमा व्यापक बृद्दी गरेको छ।यसले आफ्नो उत्पादनका सबै झोलाहरुको न्यूनतम मूल्य १ करोड कोरियन वोन अर्थात ८५०० अमेरिकी डलर भन्दा माथी तोकेको छ।
च्यानलले नोभेम्बर ३ बाट सुरु हुने साना साइजको “च्यानल क्लासिक ब्याग” को मूल्य १७.८ प्रतिशतले बढाएर १०.५२ मिलियन वोन, मध्यम साइजको १५.८ प्रतिशतले बढाएर ११.२४ मिलियन वोन र ठूला साइजको झोलाको मूल्य १५.३ प्रतिशतले बढाएर १२.१० मिलियन पुर्याएको छ। दक्षिण कोरियामा च्यानलको क्लासिक झोलाहरु यहाँ विशेष गरी दुलहीहरूका लागि उपहारको रूपमा लोकप्रिय मानिन्छ।
फेब्रुअरीमा २ देखि ५ प्रतिशत र जुलाईमा करिब १२ प्रतिशतको बीचमा वृद्धि भएपछि यो च्यानलको यो वर्षको तेस्रो मूल्य वृद्धि हो। जुलाईमा बढेको ठूला साइजको झोलाको मूल्य ९.२४ मिलियन वोनबाट बढेर १०.४९ मिलियन वोन भएको मा अहिले पुन : बढेर १२.१० मिलियन वोन पुगेको हो । अब, क्लासिक लाइनका सबै झोलाहरूको मूल्य १ ु करोड वोन भन्दा बढी छ।
कोरियनहरु मूल्यवृद्धिको हल्ला चलेकाले मूल्यवृद्धि लागु हुनुअघि नै झोला किन्न बिहानैदेखि सयौंको संख्यामा ठूला डिपार्टमेन्टल स्टोरका च्यानल स्टोरमा लाइन लागेका छन ।

च्यानल कोरियाले उत्पादन र सामग्रीको लागत र विनिमय दरलाई ध्यानमा राखी यो नियमित मूल्य परिवर्तन भएको बताएको छ ।
च्यानल कोरियाले यसअघिनै बर्षमा च्यानलको झोला प्रतिव्याक्ती एउटा मात्र किन्न पाउने नियम लागु गरेको थियो।उच्च माग र कम आपुर्तिका कारण च्यानल कोरियाले बर्षमा एक व्याक्तिले च्यानल झोला किन्न पाउने दायरा लाई साँघुरो गरेको थियो।
अनलाईन प्ल्याटफर्ममा मूल्यबृद्दीलाई लिएर जनगुनासो पनि आएको छ। ब्रान्ड कन्सियस कोरियन ग्राहकहरुलाई च्यानलले पुसअप गरेको आरोप पनि लाग्न थालेको छ।

“उनीहरूले आपूर्तिलाई नियन्त्रण गरिरहेका छन्। उपभोक्ताहरूले पैसा भए पनि झोला किन्न नसकेका कारण यहाँ अत्यधिक माग छ,” इनहा विश्वविद्यालयको उपभोक्ता विज्ञान विभागका प्राध्यापक ली युन-हीले भनिन
कोभिड–१९ ले अवस्थालाई थप जटिल बनाएको छ । “पहिले, उपभोक्ताहरूका लागि विलासी झोलाहरू प्राप्त गर्न विभिन्न च्यानलहरू थिए, तर अब उनीहरूले ती देशका लक्जरी स्टोरहरूमा मात्र पाउन सक्छन्,” उनले भनिन्।
उनले फराकिलो ग्राहक आधारलाई पनि औंल्याइन्। “पहिले, विलासी ब्रान्डहरू प्रायः वृद्धवृद्धाहरूका लागि हुन्थे। उनीहरूले आफ्नो जीवनकालको लागि एक वा दुई वस्तुहरू मात्र पाउँछन्, तर अहिले, युवा पुस्ताले पनि लक्जरी ब्रान्डहरू उपभोग गरिरहेका छन्,” उनले भनिन्।
अहिलेका यूवा जेनेरेसन लक्जरी सामानहरूमा रुचि राख्छन, यसको मतलब यो होइन कि तिनीहरू सबै धनी छन्।”उनीहरूले यसलाई लगानी पनि ठान्छन्। उनीहरू विलासिताका सामानहरू किन्छन्, स्वामित्व लिन्छन् र आनन्द लिन्छन्, तर उनीहरूलाई पैसा चाहिएको खण्डमा सेकेन्डह्यान्ड बजारमा बेच्न सकिन्छ भन्ने पनि लाग्छ। उनीहरूसँग धेरै पैसा नभए पनि उनीहरूले त्यसको मजा लिन सक्छन्। ,” उनले भनिन्।