सिओल
दक्षिण कोरियाले नोभेम्बर महिनाको अन्त्यबाट कोरोना महामारीले प्रेरित आप्रवासी कामदारहरूको आगमनमा प्रतिबन्धहरू हटाउने योजना बनाएको छ, देशले सामान्य अवस्थामा फर्कन कदम चाल्न थालेको आज श्रम मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले मङ्गोलिया, भियतनाम, थाइल्याण्ड र चीनलगायत रोजगार अनुमति प्रणाली अन्तर्गत देशमा श्रमशक्ति पठाउने १६ देशका विदेशी कामदारलाई सबै प्रवेश अनुमति दिनेछ, मन्त्रालयले आज सरकारी कार्यालयमा आयोजित नियमित कोभिड-१९ प्रतिक्रिया बैठकमा यो कुरा जानाकारी गराएको हो ।
तर, भाइरसको अवस्था खराब रहेको म्यानमार, फिलिपिन्स, पाकिस्तान, उज्वेकिस्तान र किर्गिस्तानका कामदारहरूले खोप लगाएको दुई हप्तापछि मात्रै भिसा पाउन सक्नेछन् । उनीहरूले दक्षिण कोरियाको फ्लाईट हुनुभन्दा अघि ७२ घण्टा भित्र तोकिएका स्थानीय अस्पतालहरूमा गरिएको पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षणमा पनि नेगेटिभ नतिजा आउनु पर्छ।
अन्य ११ देशका कामदारहरूले पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएमा मात्रै देशभित्र पस्ने अनुमति दिइनेछ, तर यहाँ आइपुगेपछि उनीहरूले कोभिड-१९ को खोप लगाउनु पर्ने हुन्छ। सबै आप्रवासी कामदारहरू खोप लगाएको भए नी कोरिया आइपुगेपछि कोरियाद्वारा निर्देशित गरिएको १० दिनको सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
यससंगै लामो समयदेखी कोरिया रोजगारीको पर्खाईमा रहेका नेपाली यूवाहरुमा थप खुशियाली छाएको छ।साथै दक्षिण कोरियाको श्रम कार्यालयले कोरिया प्रवेशको पर्खाईमा रहेका करिव ५० हजार विदेशी कामदारलाई भित्राउन दैनिक ५० र हप्तामा ६०० जनामा सिमित रहेको प्रवेश सङ्ख्याको माथिल्लो सिमालाई खारेज गरेको छ।
नोदोङ्बुले एक सुचना जारी गर्दै दैनिक ५० जना भन्दा माथीको दरले उडान अनुमती दिएको सुचनामा उल्लेख छ।