सिओल
दक्षिण कोरियामा तयारी चाउचाउको मूल्य गत अक्टोवर महिनामा करिब १३ वर्ष यताकै तीव्र गतिमा बढेको तथ्यांकले आइतवार देखाएको छ।
तथ्याङ्क विभाग कोरियाका अनुसार चाउचाउ को मूल्य एक वर्ष अघिको तुलनामा अक्टोबरमा ११ प्रतिशतले बढेको जनाएको छ।सन २००९ फेब्रुअरी मा १४.३ प्रतिशतले बढेपछीको अक्टोवरको मुल्यबृद्दी सबैभन्दा उच्च हो।
दक्षिण कोरियाका प्रमुख चाउचाउ निर्माताहरू, नोङ्सिम र साम्याङ फुड्सले अगस्टमा पीठो र अन्य मुख्य सामग्रीहरू को मुल्य वृद्दी भएपछी आफुहरुले चाउचाउको मुल्य बढाउनु परेको बताएका छन।
तयारी चाउचाउहरू सस्तो र पकाउन सजिलो भएकोले दक्षिण कोरियामा प्रायः खाइने खानेकुराहरू मध्ये एक हो। सरकारले मूल्यवृद्धिले मुद्रास्फ्रितीमा ठुलो दबाब गर्न सक्ने भएकाले उनीहरूको मूल्य वृद्दीलाई नजिकबाट निगरानी गर्ने बताएको छ।
अक्टोबरमा, देशको उपभोक्ता मूल्यहरू एक वर्ष अघिको तुलनामा ३.२ प्रतिशतले बढ्यो,जुन लगभग एक दशकमा सबैभन्दा द्रुत बढेको बताईएको छ।
दक्षिण कोरियामा फोटो,भिडियोग्राफी ,भिडियो ईडिटिङ्ग तथा यूट्युव सम्बन्धी तालिम लिन चाहने हरुका लागी सुवर्ण अवसर !
रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई लक्षित गरी फोटोग्राफी,भिडियोग्राफी,भिडियो ईडिटिङ्ग तथा यूट्युव कन्टेन्ट सम्बन्धी तालीम हुने भएको छ।
कोरियामा रहेर फोटो,भिडियो क्रियशन तथा ईडिटिङ सिक्न चाहने नेपालीहरुका लागी लक्षित गरिएको उक्त तालिम लामो समय दक्षिण कोरियामा रहेर फोटोग्राफी, भिडियोग्राफी तथा युट्युव कन्टेन्ट क्रियटरको रुपमा काम गर्दै आउनुभएका केडी स्टुडियो का दिपक पौडेल ‘केडी’ र मनोज गुरुङ्ग द्वारा संयुक्त रुपमा दिईने बताईएको छ।
विशेषगरी सुवन,ह्वासाङ्ग,सउल ,फ्यङ्थेक तथा छनान आसपासका ईच्छुक व्याक्तिहरुलाई लक्षित गरिएको सो तालिम २ दिन आईतबार ८/८ घन्टा गरी जम्मा १६ घन्टा सन्चालन हुने तालिम आयोजक मनोज गुरुङले जानाकारी दिनुभयो।
कोरियन वोन १ लाख तोकिएको उक्त तालिममा फोटोग्राफी,भिडियोग्राफी,भिडियो ईडिटिङ तथा युट्युवमा क्रियटिभ कन्टेन्ट बनाउन लगायत विस्तृत जानाकारी दिईने तालिम सन्चालकहरुले बताएका छन।
के के सिकाईन्छ त?
फोटोग्राफी अन्तर्गत सुरुमा क्यामेरा सम्बन्धी जानाकारी तथा नेचुरल लाईट को बिषयमा सिकाइने साथै भिडियोग्राफी अन्तर्गत सिनेम्याटिक भिडियो,भ्लग भिडियो तथा ईन्टरभ्यू भिडियो लिने तथा खिच्ने तरिकाको बिषयमा सिकाउने बताईएको छ।
साथै भिडियो ईडिटिङ अन्तर्गत फोटोसप,लाईटरुम एडव प्रिमियर प्रो मार्फत भिडियो ईडिट गर्न सिकाउने त्यसैगरी यूट्यव तर्फ यूट्युव सामाग्री तयार गर्ने तरिका साथै च्यानल सम्बन्धी सम्पुर्ण जानाकारी दिने तालिम सन्चालक गुरुङ्गले कोरियापाटी लाई बताउनुभयो।
कोरियामा रहेर यस संग रुचि भएका साथीहरुले यथासक्य छिटो तल दिएको नम्बरमा सम्पर्क गरी आफ्नो नाम टिपाउन सक्नुहुने छ।
नाम दर्ता तथा सोधपुछका लागी :
मनोज गुरुङ्ग ; 010-6266-9104
दिपक पौडेल केडी : 010-7385-9104