नेपालीलाई ‘चौकीदार’ भनेकी भारतीय विधायकले मागिन् माफी

मुख्य समाचार

काठमाडौं : भारतीय विधायक अल्का लाम्बाले नेपालीबारे गरेको अपत्तिजकन टिप्पणीबारे माफी मागेकी छन्। आम आदमी पार्टीको तर्फबाट दिल्ली विधानसभाकी विधायक लम्बाले मंगलबार बिहान ट्विट गर्दै नेपाली भारतका इमानदार चौकीदार हुन् भन्ने आशय व्यक्त गरेकी थिइन्।

उनले उक्त ट्विटमा यसपालीको लोकसभा चुनावमा भारतीय जनतालाई चौकीदार नभइ प्रधानमन्त्री चुन्न आग्रह गरेकी थिइन्। ‘चौकीदार त नेपालबाट पनि ल्याउन सकिन्छ। नेपालका चौकीदार चोर हुँदैनन्’ उनले लेखेकी थिइन्।

उनको अभिव्यक्तिमा मोदीलाई इमान नभएका चौकीदारसँग तुलना गरिएको छ। एकातिर उनले भारतमा नेपालीको हैसियत चौकीदार बन्ने मात्र रहेको भनी अपमानित गर्न खोजेकी छिन् भने अर्कोतर्फ उनले नेपाली इमानदार हुन्छन् भनेर प्रसंशा गर्न खोजेजस्तो पनि देखिएको थियो।

आलोचनापछि माफी माग्दै नेतृ लाम्बाले आफ्नो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएको र यसका लागि छिमेकी देश नेपालका जनतासँग माफी मागेको अर्को उनले पछिल्लो ट्वीटमा उल्लेख गरेकी छन्।

पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी।
मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है।
God bless #IndiaNepal friendship.

Leave a Reply

Your email address will not be published. Required fields are marked *