दक्षिण काेरियाद्वारा नियमित कामदार लैजान सुरु, ४ सय ८३ लाई सिसिभिआई भर्न अनुरोध

कोरिया गतिबिधी

बासुदेव भट्ट/काठमाडौं

दक्षिण काेरियाले लामाे समयपछि भाषा परीक्षा पास गरेका रेगुलर कामदार लिने प्रक्रिया सुरु गरेको छ ।यसको लागि उडान हुनुपूर्व भर्नुपर्ने कामदारहरुका लागी CCVI भर्ने सम्बन्धि नयाँ लिस्ट सार्वजनिक भएको छ ।

चार सय ८३ जनाकाे नाम सार्वजनिक गर्दै उक्त फारम भर्न अनुरोध गरिएको छ । साथै स्रोतका अनुसार आउदो नाेभेम्बर २४ तारिखमा प्रक्रिया पुरा गरेकाहरुकाे उडान हुने समेत बताइएको छ ।

गणतन्त्र कोरियाको HRD Service of Korea बाट प्राप्त Regular कामदारहरुको नामावली सूचिमा नाम भएका व्यक्तिहरुले CCVI फाराम भर्ने सम्बन्धमा बिस्तृत सूचना बिहिवार सार्वजनिक भएको हाे।लामाे समय सम्म काेरिया जाने प्रतिक्षामा रहेका हजारौं नेपाली युवाहरू खुसि भएका छन् ।

हाम्रा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *