कोरियामा हुनुहुन्छ? पासपोर्ट नविकरण गर्नुपर्यो?पेश गर्नुपर्ने डकुमेन्टहरु के के हुन? (पुरा हेर्नुहोस)

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सिओल

दक्षिण कोरिया सरकारले पासपोर्टको म्याद सकिन लागेका विदेशी श्रमिकको भिषा अवधी पासपोर्टको अवधी सम्म मात्र थप्न सकिने नयाँ प्रावधान कायम गरेसंगै दुतावासमा राहदानी नविकरण गर्नेको घुईचो लाग्न थालेको छ।

कोरियामा रहदा आफ्नो पासपोर्ट म्याद सकिन लागेको खण्डमा पुन नविकरण गर्नुपर्ने हुन्छ।दक्षिण कोरियाले भिषा थप्दा पहिले पासपोर्टको म्याद नहेरी थप्ने थियो भने नयाँ जारी गरिएको नियम अनुसार पासपोर्टको म्याद हेरी थपिने भएको हो।

पासपोर्ट नवीकरणको लागि आवश्यक कागजपत्रहरु

पुरानो राहदानी सक्कल र प्रतिलिपि १, नागरिकता सक्कल अथवा प्रतिलिपि , (नागरिकता प्रमाणपत्रमा आवेदकको पुरा जन्ममिति (साल, महिना, गते) नखुलेको हकमा सो खुल्ने एस. एल. सी. वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्रमा खुलाइएको जन्ममितिलाई आधार मानिने भएकोले सो पेश गर्नुपर्नेछ । नागरिकता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रबाट जन्ममिति एकिन नभएमा नागरिकता प्रमाणपत्र भएको मितिले हुन आउने साल, महिना र गते कायम गरिनेछ । आवश्यक देखिएमा नागरिकताको सत्यताबारे सम्बन्धित निकायबाट यकिन भएपछि मात्र राहदानी निवेदन उपर कारवाही अगाडि बढाइनेछ ।)

६ महिना भित्र खिचिएको ३५*४५ मि. मि. साइजको फोटो ४ प्रति रंगिन फोटो।

(फोटो खिच्दा कुनै गहना वा टोपी लगाएको हुनु हुदैन र ८०-प्रतिशत भाग टाउकोले लिएको हुनुपर्दछ),ALIEN Registration Card को सक्कल तथा प्रतिलिपि

नविकरण का लागी शुल्क कति लाग्छ त?

कोरियन वोन १८७,५०० ( एक लाख सतासी हजार पाचसय )
(राहदानीको म्याद १बर्ष भन्दा कम हुनु पर्छ)

हराएको वा विग्रिएको राहदानीको हकमा माथी उल्लेखित कागजपत्र सहित थप कागज र दोब्बर शुल्क सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, र हराएको नम्बर उल्लेखित स्थानीय प्रहरी कार्यलयबाट जारी भएको राहदानी हराएको पुष्टि गर्ने प्रतिवेदन पनि आवश्यक रहने छ।

हराएको वा बिग्रिएको पासपोर्ट पुन बनाउन लाग्ने शुल्क

दोब्बर लाग्ने छ, ३,७५,००० वोन (तिन लाख पचहतर हजार कोरियन वोन मात्र )

थप जानकारीकालागी कार्यालयमा सम्पर्क गर्न सक्नु हुने छ। कार्यालयको नम्बर -010 4848 4923 ,070 4160 0335

Leave a Reply

Your email address will not be published.