दक्षिण कोरियाले डिसेम्बर १३ सम्मका लागी यस्तो नियम जारी गर्यो !

कोरिया समाचार

/गुरुदत्त न्यौपाने /सिओल

दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार निरन्तरको कोभिड -१९ फैलावटका कारण आफ्ना नागरिकहरुलाई डिसेम्बर १३ सम्म विदेश भ्रमणमा नजान सुझाव दिएको छ।

कोरोना भाईरसको नयाँ भरियन्ट अन्य देशहरुमा बढेका कारण विदेश भ्रमण गर्ने सोच बनाएका र भ्रमण तय गरिसकेका आफ्ना नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आफ्नाविदेश भ्रमण यात्राहरु डिसेम्बर १३ तारिखसम्म का लागी रद्द गर्न सिफारिस गरेको मन्त्रालयले बताएको छ।

दक्षिण कोरियाले अन्य विदेशी यात्रुहरु जो कोरिया प्रवेश गर्न चाहन्छन उनिहरुलाई भने अनिवार्य क्वारेन्टाईनको नियमलाई खुकुलो बनाएको छ।पुरा डोज लगाएर कोरिया प्रवेश गर्ने विदेशी यात्रुहरुका लागी अनिवार्य क्वारेन्टाईनको नियम खुकुलो भएको हो।

अन्य देशहरुमा कोरोना भाईरसको नयाँ भेरियन्ट को फैलावट बढेका कारण अन्य देशहरुले विदेशबाट आउने पर्यटकको प्रवेश प्रतिबन्ध जारी राखेका कारण कोरियाले आफ्ना नागरिकहरुलाई गत मार्च देखी विदेश भ्रमण नगर्न सुझाव दिदै ट्राभल एडभाईजरी एलर्ट जारी गरेको थियो।जुन एलर्ट पुन थपेर डिसेम्बर १३ सम्म लम्ब्याईएको छ।

मन्त्रालयले अन्य देशको कोरोनाको अवस्था,भ्याक्सिनेसन को दर तथा क्वारेन्टाईन क्षमता हेरी ति देशहरुका दुतावास हरु संग नियमित परामर्श गरी ति देशहरुमा आफ्ना नागरिकलाई भ्रमण दिने नदिने निर्णय गरिने जनाएको छ।

नोभेम्बर १९ बाट कोरियामा नयाँ नियम लागु हुँदै !

दक्षिण कोरियामा नोभेम्बर १९ देखी नयाँ नियम लागु हुने भएको छ।१९ तारिखदेखी कोरियाका सबै रोजगारदाताले तलब सहित तलबको सम्पुर्ण विवरण श्रमिकलाई अनिवार्य दिनुपर्ने नियम लागु हुन थालेको हो।

दक्षिण कोरियाका कतिपय कम्पनीहरुका मालिकहरुले महिनाभरी काम गरेको तलव विवरण श्रमिकलाई नदिई आफुखुशी तलब दिने गरेका थुप्रै उदाहरण हरु छन।तिनै समस्या हरुलाई मध्यनजर गर्दै कोरियामा यो बाध्यात्मक नियम लागु भएको हो।

तलव विवरण नदिई श्रमिकको काम गरेको समय भन्दा कम तलव दिने,आफ्नो तलव कुन कुन शिर्षकमा काटियो थाहा नदिई मनोमानी काटने,आफुखुशी नियम मा नरही आउने भन्दा निकै कम तलव दिने व्यापक गुनासो पछी कोरियाको श्रम मन्त्रालयले यो नियम लागु गरेको हो।

उक्त नियम लागुभएपछी सबै रोजगारदाता हरुले अनिवार्य तलव विवरण श्रमिकलाई दिनुपर्ने छ।अझैसम्म पनि कोरियाका कतिपय कम्पनीमा काम गरेको समय रेकर्ड राख्ने सिस्टम नभएकोले अवदेखी श्रमिकले काम गरेको समय रेकर्ड राखेर हिसाब माग्न पाउने भएको छ।

रोजगारदाताले अवदेखी तलवको सम्पुर्ण विवरण,तलब कटौतिका शिर्षकमा के कति रकम काटियो भन्ने पुरा विवरण खुलाउनुपर्ने छ।

यदि रोजगार दाताले तलव विवरण लिस्ट दिन नमानेमा श्रमिकले उजुरी गर्न सक्नेछन।रोजगार दाताले तलव लिस्ट नदिएको खण्डमा ५० लाख वोन सम्म जरिवाना हुने नियममा उल्लेख छ।

यस संगै लामो समयदेखी तलव विवरण लिस्ट नपाई बसेका श्रमिकहरुमा खुशियाली छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *