कोरिया हुने साथीसंग नेपाल हुने साथीले पैसा मागेपछी यस्तो भयो !

कोरिया समाचार

सन्दिप पराजुली

ओई साइको! महिनाको दुइ लाख त कमाउछस,घटिमा १.५लाख त जोगाउछस नि।जाबो १० हजार दिनपनि कति कन्जुस्याइ गर्छस होगाको त धेरै महिना भयो त एक महिनाको १.५ को दरले हिसाब गर्दा पनि घटिमा ५० लाख त तं सग ह्यान्ड क्यास हुनु पर्नि हो।

के गरिस है तेत्रो पैसा,जाबो साथीले १० हजार माग्दा पनि दात बाट पसिना निकाल्छस त!

साथी तैले महिनाको कति सजिलै संग गुणा गरेर हिसाब निकालिदिन्छस नि है?तर सोचेको जस्तो छैन!
हो तैँले गरेको हिसाब एकदम सहि छ,१.५ ले गुणान गर्दै म आएको महिना को हिसाब गर्छस।तैले गुणान मात्रै गर्न जानिस यार घटाउन जानिनस नि।

घटाउको कहानि पनि मैले कमाएको ठाउमा तैले हिसाब गरिस भने एउटा छुट्टै कहानि बन्छ ।यस्ता घटाउका कहानि हरु सकेसम्म सेयर गर्न मन लाग्दैन ।

अनि फोटोमा देखिएको मुस्कान , बिदामा यसो घुम्न लाग्दाको दृष्यले सबैले सजिलै संग सोचिदिन्छन,घटिमा … पैसा यो संग छ ।
तैँले गरेको हिसाबको कहानि भित्र छुट्टै घटाउका कथा लुकेका हुन्छन।तैले जस्तै गरि म पनि कहिलेकाँही हातका आौँला भाचेर आएको महिना र कमाएको पैसा गुणान गर्छु।

फेरि आफु सग भएको पैसा जाच्छु कोरियाको खातामा यो महिनालाइ पुग्ने खर्च र नेपालको बैङकमा केहि सानो रकम देखिन्छ।फलाना साथिको १० मान,फेरि यता उता : अनि आफुलाइ पर्दा साथीसग मागेको पैसा ,त्यो पनि तिरिदिन्छु।

फेरि सोच्छु अर्को महिना देखि पैसा जोगाउछु,यो सोच्न नपाउदै आफुलाइ पर्दा हेरेको साथिले फोन गर्दैभन्छ
ओई सेक्या”योमहिनाको तलब म चलाउछु है”त्यसमा हुदैन भन्न सकिदैन।

हास्दै ए हबस सेक्या भन्नु पर्छ।बिगतमा कमाएका पैसाको एक टक्क एक पटक हिसाब गर्न खोज्छु।घरका सदस्यका आबश्यकता हरु पुर्ति गर्दा गर्दा कयााै महिनाको तलब गइसकेछ।

लाैन आपत परो ,२ महिनाको लागि केहि रकम सापट देउ न ,भनेर मागेकाहरुले मान्छेहरुलाइ दिएको पैसा को हिसाब गर्दातेता पनि केहि महिना को गइसकेछ।

उदारता र सहयोगि मनको फाइदा त अरुले धेरै उठाउदा रहेछन साथी,तैले कसरि भनेर प्रश्न सोध्न हिम्मत राख्छस भने उत्तर सुन्ने पनि हिम्मत राख है।
” बिदेश आएका मान्छेले पैसा दिदा “” सावा चै समयमा नै फिर्ता गर्नु है,हामिबिचमा के ब्याजको हिसाब गर्नु।यसरि उदारतका साथ हिसाब गर्छन।

सावा फिर्ता गर्ने महिना हैन वर्ष बित्छ ।तर आउदैन।यहि तनाबले कति साथीहरु त रातको अनिदो निन्द्रा सुत्नु हुन्छ होला त तेस्ताको बेथा सुन्न सक्नि हिम्मत राख्दैनस साथि?

अनि सुन!तलाइ वा आफन्त जसलाइ बिना ब्याज जसले पैसादिन्छ नि हो उसैले उसको आबश्यकता परेर महङ्गो ब्याजमा बैङकबाट रिण लिएको हुन्छ।तलब आएको भोलिपल्ट यहि भएका दुइ तिन जना सग १० मान सापटि माग्नेहरुको पनि धेरै रेकर्ड छ।

पैसा कमाएको हिसाब र कता के गरि भनेर रात भरि चिन्ता लिएर भोलि पल्ट काममा जानि साथि टन्न छन।काम गर्दागर्दे कसको लागि दुख गर्दैछु भनेर सोच्नि असङ्ख्य छन।बिदेशि कामको दुखभन्दा ब्यबहारले टाउकामा बजारेका कैयाैघाइते टाउकाको दुख बेग्लै छ।

आफ्नो दुखलाइ पार लगाउदै अरुको दुख दुर गर्ने कैयाै आत्मा हरु रातको समयमा आशु झार्ने पनि छन,यस्तै छ यार साथिभाइ बिदेश।महिना र कमाइले गुणा गरेर लखपति त बनाइदिन्छस नि।घटाउका कहानि मन मनै सोचे भने आज पनि निन्द्रा आउदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *