गुरुदत्त न्यौपाने /सिओल
शुक्रबार दक्षिण कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन ( KADIZ) क्षेत्रमा विना सुचना २ चिनियाँ र सात रुसी सैन्य विमान प्रवेश गरेपछी कोरियाली वायुसेनाका लडाकु हरुलाई त्यस क्षेत्रमा हाई अलर्ट पारिएको छ।
शुक्रबार विहान ११ बजे र दिउसो ४:३८ बजे दक्षिण कोरियाको सुदुर पुर्वी टापु दोक्दो को उत्तर पुर्वी दिशाको कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन मा विना सुचना प्रवेश गरेपछी उच्च शतर्कता अपनाईएको थियो।उनिहरुले कुनैपनि देशको क्षेत्रिय वायु क्षेत्रको उल्लङ्घन नगरेको संयुक्त सेना प्रमुख ( JCS ) ले जानाकारी दिएको छ।
कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन मा ति सैन्य विमान करिव १० मिनेट उडान भरेका थिय।जेसियस ले आकस्मिक सैन्य तयारी स्वरुप कोरियाली सेनाको F-15,F-16 लडाकु विमान र KC-330 ट्याक्कर प्लेन आफ्नो सैन्य रणनिती स्वरुप तैनाथ अवस्थामा राखेको थियो।
ट्याङ्कर प्लेन परिचालन गरेको कोरियामा यो पहिलो घटना हो।चिनियाँ अधिकारी हरुले दक्षिण कोरियाली सेनालाई आफुहरुले नियमित अभ्यास गरेको सन्चार हटलाईन मार्फत जानाकारी दिएका छन।
दक्षिण कोरियाली अधिकारीहरुले दोक्दो टापुको कोरियाली एयर डिफेन्स आईडेन्टिफिकेशन जोन मा रुसी तथा चिनियाँ संयुक्त सैन्य अभ्यास भएकोले यसको थप अनुसन्धान र विश्लेषण गर्नुपर्ने बताएका छन।
दोक्दो टापु लामो समय देखी कोरिया र जापानको विवादित क्षेत्र भएकोले सोही ठाउँमा विना जानाकारी चिनियाँ र रुसी सैन्य विमानहरु प्रवेश गर्नु थप रहस्यमय भएको कोरियाली अधिकारीहरुले बताएका छन।