गुरुदत्त न्यौपाने/सिओल
हिजो देखी दक्षिण कोरियालाई खतरनाक धुलोको कण (मिसेमन्जी) ले ढपक्क ब्ल्यान्केटले छोपेजस्तै छोपेको छ ।जसका कारण कोरियाको वायुमन्डल धमिलो भयको छ ।यतिबेला कोरिया वायु प्रदुषणको चपेटामा परेको छ ।
यससंगै कोरियाको वातावरण तथा पर्यावरण मन्त्रालयले उत्त समस्याबाट बच्ने केही उपायहरुको बारेमा जानाकारी गरायको छ । आउनुहोस धुलो (मिसेमन्जी) बाट बच्ने केही उपायहरुको बारेमा चर्चा गरौं ।
खतरनाक धुलो मिसेमन्जी ( 미세먼지) बाट बच्ने उपाएहरु
१ . सकभर बाहिर नहिडौं ।
२ . बाहिर हिडनु नै पर्ने भयमा धुलोबाट बच्ने मास्क फाङ्जिन मास्कको प्रयोग गर्नुहोस : कोरिया खाध तथा आैषधी सुरक्षा मन्त्रालय द्वारा मान्यता प्राप्त विशेष प्रकारको मास्क प्रयोग गर्नुहोस । जसमा KF80 , KF94 , KF99 नामको फिल्टर प्रयोग गरियको मास्क प्रयोग गर्नुहोस ।
३ . सडक , निर्माण साईट तथा अन्य धुलो उत्पादन गर्ने क्षेत्रहरुबाट टाढै रहनुहोस ।
४ . बाहिर बाट घर फिरे पश्चात हात , खुट्टा ,मुख सफा पानीले धुनुहोस ।साथै दाँतपनि माझ्न सुझाईएको छ ।
५ . ताजा पानी तथा भिटामीन ‘सि’ को सेवन गर्नुहोस । जसले गर्दा शरिरमा प्रवेश गरेका धुलोका कणहरु बग्नेछन साथै भिटामीन ‘सि’ एन्टी अक्सिडेन्ट भयकोले स्वासप्रश्वास मार्फत प्रबेश गरेका धुलोका कणहरुलाई नस्ट गर्न मद्दत गर्छ ।
६ . बाहिर निस्कदा सकभर सार्बजनिक यातायात बस तथा सब- वे को प्रयोग गर्नुहोस ।
७ . आफु बसेको ठाउँ तथा कोठाहरु नियमित सरसफाई गर्नुहोस । झ्याल , ढोका तथा कोठाको कुनाकाप्चाहरुमा नियमित भ्याकुम लगाई चिसो रुमालले धुलो पुछ्नुहोस । साथै एयर प्युरिफायरको फिल्टर समय समयमा फेर्नुहोस ।