बासुदेव भट्ट/काठमाडौं
दक्षिण काेरियाले भाषा पास गरेर काेरिया जान नपाए रेगुलर कामदार पनि लिन सुरु गर्ने भएको छ । अघिल्लो महिना बाट कमिटेड कामदार लिन सुरु गरेको काेरियाले कमिटेड सँगै प्रत्येक चरणमा एकसय जना रेगुलर कामदार लैजाने भएको हाे ।
सुरुमा कमिटेड लैजाने अनि रेगुलर लैजाने सर्त राखेको काेरियाले छिटोभन्दा छिटो श्रमिकहरु काेरिया भित्र्याउन लागि परेको हाे ।काेराेना भाइरसले काेरियामा कामदारकाे अभाव बढेपछि काेरियाले विदेशी श्रमिकहरु छिटो भित्र्याउन दबाब छ ।
यसै बिच एचआरडि काेरियाले आउदो मंसिर २७ गते थप श्रमिकहरु काेरिया लैजाने तालिका सार्वजनिक भएको छ ।सार्वजनिक गरिएको सुचनामा संलग्न नामावली सूचिमा समावेश भएका मध्येबाट ६० जना Manufacturing तर्फका र ४० जना Agriculture & Livestocks गरी जम्मा १०० जना व्यक्तिहरु पहिलो प्राथमिकता अनुसार काठमाण्डौं देखि दक्षिण कोरिया जाने निश्चित भएको छ ।
यसको लागि सूचीमा समावेश भएकोले सूचिमा संलग्न सि.सि.भि.आई (CCVI) नभरेका व्यक्तिहरुले यथाशिघ्र आवश्यक कागजात सहित CCVI भर्न इपिएस शाखाले अनुरोध गरेको छ ।हाम्रा खबर