सिओल
दक्षिण कोरियामा ठूला रोजगारदाता कम्पनीहरुले कामदार कटौती गरेको तथ्यांक सार्बजनिक गरिएको छ। कर्पोरेट ट्रयाकर नामक संस्थाले मंगलबार जनाए अनुसार कोरोना भाइरसको कारण यहाँका ठूला कम्पनीहरुले बिगत दुई बर्ष यता १।०२ प्रतिशत रोजगार कटौती गरेको त्यहाँका स्थानिय संचार माध्यमले जनाएका छन ।
गत सेप्टेम्बर अन्त्य सम्ममा ५ सय ठूला कम्पनीहरु मध्ये ३ सय १३ कम्पनीले कोरोना भाइरसको कारण देखाई कामदार कटौती गरेका हुन्।दुई वर्षको अवधिमा ठूला कम्पनीहरूले ५ हजार ४ सयलाई रोजगारी दिएका थिए भने १८ हजार २ सयजनालाई निकालेका थिए ।रोजगारी गुमाउनेमा महिलाको संख्या बढी रहेको छ।
लिडर्स इन्डेक्सले जनाए अनुसार रोजगार गुमाउने मध्ये ६७ प्रतिशत महिला रहेका छन्। यस्तै आईटी र इलेक्ट्रिक र इलेक्ट्रोनिक कम्पनीहरूले दुई वर्षको अवधिमा करिब ८ हजार ९ सय जनालाई रोजगार दिएका थिए तर खुद्रा विक्रेता, थोक बिक्रेता र वितरण फर्महरूले लगभग ११ हजार ३ सय जनालाई कामबाट निकालेका थिए।
लीडर्स इन्डेक्सका अनुसार लोट्टे शपिङ कम्पनीले सबैभन्दा धेरै करिब ५ हजार १ सयजनालाई कामबाट निकालेको थियो ।तर हाल दक्षिण कोरियामा निर्माण र कृषि क्षेत्रमा कामदारहरुको चरम अभाब बढ्न थालेको छ ।
यही अवस्थालाई मध्यनजर गदै कोरिया सरकारले विभिन्न देश बाट इपिएस मार्फत लिदै गरेको विदेशी श्रमिकलाई कोरिया लैजान तिव्रता दिएको छ । कामदारको अभाबमा कोरियाको अर्थतन्त्र खस्कीन नदिन समयमै कामदार आपुर्ति गर्नुपर्ने दबाब कोरिया सरकारलाई रहेको छ ।
नेपाल बाट पनि दक्षिण कारियाले लामो समय देखि अबरुद्ध कामदार लैजाने अघिल्लो महिना बाट सुरु गरेको छ । चरण चरणको उडान मार्फत अरु देश भन्दा चाँडो नेपाल बाट धेरै कामदार लैजाने तयारी कोरियाले गरेको स्रोत बताउछ ।