सिओल
उत्तर कोरियाले एक जना विद्यार्थीलाई मृ’त्युदण्डको सजा’य सुनाएको छ। नेटफ्लिक्समा सार्वजनिक दक्षिण कोरियाली खेलकुद सिरिज ‘स्क्वाड गेम’को कपी उपलब्ध गराउने विद्यार्थीलाई उत्तर कोरियाले सो सजा’य सुनाएको हो।
उत्तर कोरियाली सरकारका अधिकारीहरुले नेट्फ्क्सिमा उपलब्ध दक्षिण कोरियाली खेलकुद सिरिज स्क्वाड गेम लुकिछिपी हेरिरहेको र सो सिरिजको कपी अरुलाई पनि बिक्री गरेको आरो’पमा अन्यलाई भने जे’ल सजा’य सुनाएको बताएका छन्।
सो खेलकुद सिरिजको कपी उपलब्ध गराउने व्यक्तिलाई जन्मकै’दको सजा’य दिइने र अन्य ६ विद्यार्थीलाई पाँच वर्ष कडा परिश्रमको सजा’य सुनाएको बताइएको छ।
यद्यपि सो मुद्दामा अझै अनुसन्धान अघि बढिरहेको रेडियो फ्री एसियामा खबर छ। ती विद्यार्थी पढ्ने विद्यालयका शिक्षक अन्य विद्यालय प्रशासनका व्यक्तिहरुलाई जागिरबाट निकालिएको समेत बताइएको छ।
कोरियामा लोटेरिया बर्गर पारखीहरुलाई दुखद खबर !
दक्षिण कोरियाली फ्रेन्चाईज फास्ट फुड लोटेरिया बर्गरले बर्गर लगायत आफ्ना सम्पुर्ण मेनुहरुको मुल्य बृद्दी गरेको छ।
दक्षिण कोरियाको प्रमुख चिकेन फ्रेन्चाईज रेस्टुरेन्ट क्योछोन फुड एन्ड वेभरेज ले गत महिना आफ्ना सम्पुर्ण मेनुहरुको मुल्य बृद्दी गरेसंङ्गै लोटेरिया हेमबर्गर ले समेत आफ्नो आईटम हरुमा मुल्य बृद्दी गरेको हो।
लोटेरिया प्रमुखका अनुसार यसले आफ्ना २५ मेनु बस्तुहरुको मुल्य ४.१% का दरले बढाएको बताएका छन।यसले गत फेब्रुअरीमा १.५ % ले बढाएकोमा पुन अहिले ४.१% ले बढाएको यो दोस्रोपटक हो।
विदेश बाट आयातित कच्चा पदार्थहरुको मुल्यवृद्दी र कामदारको तलव बृद्दी का कारण यसले आफ्ना खुद्र्रा तथा डेलिभरी प्ल्याटफर्म शुल्कमा वृद्दी गर्नुको विकल्प नरहेको जनाएको छ।
लोट्टे जिआरएस का अनुसार लोटेरियाका फ्रेन्चाईजीहरुको आम्दानी सुधार गर्न बर्गरको मुल्य बृद्दी गर्नुपरेको बताएका छन।
अवदेखी कोरियामा बर्गरको मुल्य सेटमा ९००० सम्म पर्ने लोटेरियाले उल्लेख गरेको छ।लोटेरिया ले बर्गरको मुल्य बृद्दी गरेपनी कोरियाका अरु बर्गर कम्पनी म्याकडोनल्डस कोरिया र बर्गर किङ्ग ले भने लगत्तै मुल्यबृद्दी गर्ने योजना नरहेको बताएका छन।