सिओल
दक्षिण कोरियाले शनिबार देखि अफ्रिकी मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको ओमिक्रोनको संक्रमणदर लाई रोक्न आईतबार देखि दक्षिण अफ्रिका सहित आठ अफ्रिकी राष्ट्रहरूबाट भिसा जारी गर्न र आगमनमा प्रतिबन्ध लगाएको छ।
प्रतिबन्ध लगाएका देशहरूमा दक्षिण अफ्रिका र सात अन्य नजिकका देशहरू – बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावी रहेका छन् ।
अफ्रिकी देशहरुमा देखिएको कोरोनाको नयाँ भेरियन्ट आफ्नो देशमा भित्रन सक्ने खतरा रहेको भन्दै यि देशहरुलाई दक्षिण कोरियाले प्रवेशमा रोक लगाएको हो। आठ देशका नागरिकलाई कोरिया रोक लगाइने गरि भएको निर्णयको कार्यान्वयन आइतबारबाट हुनेछ।
विश्व स्वास्थ संगठनले अफ्रिकन मुलुकमा केहि समयअघिमात्र फेला परेको कोरोनाको नयाँ भेरियन्टलाई केहि सतर्क हुनुपर्ने भेरियन्टमा राखेको छ। यो भेरियन्ट यसअघिका भन्दा छिटो फैलनसक्ने भन्दै विश्व स्वास्थ संगठनले सबैलाई सचेत र सजग बनाएको थियो।
दक्षिण कोरियाले अहिलेसम्म कुनै पनि ओमिक्रोन भेरियन्टको संक्रमण फेला परेको रिपोर्ट सार्वजनिक गरेको छैन।
कोरियामा लोटेरिया बर्गर पारखीहरुलाई दुखद खबर !
दक्षिण कोरियाली फ्रेन्चाईज फास्ट फुड लोटेरिया बर्गरले बर्गर लगायत आफ्ना सम्पुर्ण मेनुहरुको मुल्य बृद्दी गरेको छ।
दक्षिण कोरियाको प्रमुख चिकेन फ्रेन्चाईज रेस्टुरेन्ट क्योछोन फुड एन्ड वेभरेज ले गत महिना आफ्ना सम्पुर्ण मेनुहरुको मुल्य बृद्दी गरेसंङ्गै लोटेरिया हेमबर्गर ले समेत आफ्नो आईटम हरुमा मुल्य बृद्दी गरेको हो।
लोटेरिया प्रमुखका अनुसार यसले आफ्ना २५ मेनु बस्तुहरुको मुल्य ४.१% का दरले बढाएको बताएका छन।यसले गत फेब्रुअरीमा १.५ % ले बढाएकोमा पुन अहिले ४.१% ले बढाएको यो दोस्रोपटक हो।
विदेश बाट आयातित कच्चा पदार्थहरुको मुल्यवृद्दी र कामदारको तलव बृद्दी का कारण यसले आफ्ना खुद्र्रा तथा डेलिभरी प्ल्याटफर्म शुल्कमा वृद्दी गर्नुको विकल्प नरहेको जनाएको छ।
लोट्टे जिआरएस का अनुसार लोटेरियाका फ्रेन्चाईजीहरुको आम्दानी सुधार गर्न बर्गरको मुल्य बृद्दी गर्नुपरेको बताएका छन।
अवदेखी कोरियामा बर्गरको मुल्य सेटमा ९००० सम्म पर्ने लोटेरियाले उल्लेख गरेको छ।लोटेरिया ले बर्गरको मुल्य बृद्दी गरेपनी कोरियाका अरु बर्गर कम्पनी म्याकडोनल्डस कोरिया र बर्गर किङ्ग ले भने लगत्तै मुल्यबृद्दी गर्ने योजना नरहेको बताएका छन।