दक्षिण कोरिया द्धारा साइबर ब्यूरो स्थापना गर्न नेपाललाई ८० करोड सहयोग

कोरिया समाचार

सिओल

गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र यहाँस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले हस्ताक्षर गर्नुभयो ।

उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराध विरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रालयले जनाएको छ ।

कोइकाले नेपाल प्रहरीसँगको सहकार्य र समन्वयमा उक्त परियोजना आगामी छ वर्षभित्रमा पूरा गर्नेछ । कोरिया सरकारले सन् २०४७ देखि स्वास्थ्य, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ ।

दक्षिण कोरियाले बुधवार ओमिक्रोन भेरियन्ट संक्रमणको पहिलो केस पुष्टि

दक्षिण अफ्रिकी मुलुकबाट फैलिएको कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्ट भाइरसको फैलावटले कोरियामा महामारीलाई थप बढाउन सक्ने दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरुले बताएका छन।

हिजो मात्रै दक्षिण कोरियामा अहिले सम्मकै सबैभन्दा धेरै कोरोना सङ्क्रमण साथै गम्भिर बिरामीहरुको सङ्ख्या पनि अहिले सम्मकै सर्वाधिक बढी देखिएको थियो।

सियोलको पश्चिममा रहेको ईन्छनमा बस्ने ४० वर्षका एक विवाहित दम्पती र उनीहरूका साथीहरुको आनुवंशिक अनुक्रम परीक्षण( जेनेटिक सिक्वेन्सिङ परिक्षण)मा ओमिक्रोन भेरियन्ट देखा परेको पुस्टी भएको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी (केडीसीए) ले बताएको छ।

स्वास्थ्य अधिकारीहरूले उनिहरुमा कोभिड १९ कोओमिक्रोन भेरियन्ट संक्रमण पुस्टी भएपछी दम्पतीको छोरा सहित चार व्यक्तिहरूमा परीक्षण गरेका छन।उनका छोराको नतिजा बिहीबार सार्वजनिक हुने बताइएको छ ।

ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको आशंकामा अन्य तीन जनाको परीक्षण गरिएको थियो र उनीहरूको परीक्षणको नतिजा शनिवार सम्म आउने केडिसिए ले बताएको छ।

पुरा डोज खोप लगाएका दम्पती नोभेम्बर १४ देखि २३ सम्म नाइजेरिया गएका थिए,उनिहरु नाईजेरिया बाट फर्केपछी पिसिआर परिक्षण गर्दा उनिहरुमा ओमिक्रोन भेरियन्ट फेला लागेको दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरुले बताएका छन।

यससंगै पछिल्लो समय खतरनाक मानिएको ओमिक्रोन भेरियन्ट कोरिया छिरेको छ।केडिसिए ले उच्च शतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *